arrow

कोरोनाका कारणले यसरी सुनसान भयो कञ्चनपुरको दक्षिणी क्षेत्र 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ चैत १० सोमबार
kanchanpur-sunsan.jpg

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र कोरोना भाइरसको संक्रमण रोकथामका लागि सुनसान पारिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आइतबार बसेको बैठकले आकस्मिक काम बाहेक घरबाट बाहिर ननिस्कन गरेको आव्हान अनुसार जिल्लाको दक्षिणी क्षेत्रका बजारहरु सुनसान बनेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले आव्हान गरेपछी सोमबार बिहानै देखि जिल्लाका दक्षिणी बेलौरी,  पुनर्वास र आसपासका बजारहरु बन्द र सुनसान देखिएका छन् । 

अहिले बेलौरी र पुनर्वासका साना ठुला सबै बजारहरुमा प्रहरीले माइकिङ गर्दै कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आम सर्वसाधारण हरु संग आव्हान गरि रहेको छ ।

प्रसाशनले सकृयता देखाएसंगै कञ्चनपुरका दक्षिणी क्षेत्रमा बजार, यातायात लगायत बन्द रहेका छन् । 

अत्यावश्यक सेवा खाद्यान्न, मेडिकल, तरकारी पसल बाहेकका अन्य सबै पसल बन्द गर्न आव्हान गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । 

कोभिड १९ कोरोना भाइरस नियन्त्रणमा लिन पुनर्वासमा यातायात , अत्यावश्यक सेवा बाहेकका अन्य पसल बन्द गर्न आव्हान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए । 

संसारभर महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि सर्वसाधारणहरुलाई बाहिर ननिस्कन प्रशासनले आव्हान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ