arrow

कोरोना त्रासको समय माइकिङ गर्दै दुई सयका दरले कुखुरा बेच्दै

logo
युबराज रेग्मी,
प्रकाशित २०७६ चैत १० सोमबार
kukhura3.jpg

झापा। झापा जिल्लाको गौरादह नगरपालिका वडा न ७ मा पर्ने ग्वाल्डुबा बजारमा आइतबार बेलुका करिब ६ बजे तिर एकाएक अनौठो दृस्य देखियो ।  नगरपालिकाको ७ नम्बर वडा कार्यालयकै अगाडि उर्लाबारीको एक फर्मबाट क्यारियरमा करिब ५०० जति कुखुरा  ल्याएर माइकिङ गरि खुलेआम बिक्री बितरण गरियो । सो अवस्था बारे हामिलाइ जानकारी प्राप्त भए पश्चात् तत्काल सम्बन्धित वडा न ७ का वडा अध्यक्ष बलराम खरेलसँग टेलिफोन सम्पर्क स्थापित गरेका थियौ ।  

 टेलिफोन सम्पर्कमा उर्लाबारीको एक फर्मबाट ल्याएर प्रतिगोटा रु २०० का दरले कुखुरा बेच्दैगरेको अवस्थामा वडा अध्यक्ष सहितको टोलिले उक्त ठाउमा पशुपन्छी तथा मासुजन्य बस्तुहरु बिक्री बितरणमा पुर्णतया रोक लगाइएको जानकारी गराइएपनि व्यापारीहरुले अटेर गरि पुन केही समय पश्चात् वडाको निर्देशनलाई अवज्ञा गर्दै बजारको पश्चिम तर्फ रहेको दुर्गा मन्दिर परिसरमा लगि कुखुराहरु पुन बिक्रि गरिएको पाइएको अध्यक्ष खरेलले जानकारी दिएका छ्न । 

हाल बिश्वका १७० भन्दा बढी मुलुक हरुला फैलिइसकेको कोरोना भाइरस ( कोभिड १९)को संक्रमणबाट वचन बिश्वभर सतर्कता अपनाइ रहेको अवस्थामा व्यावसायिबाट गरिएको यस्तो किसिमको ब्यबहारले स्थानीय ग्वालडुबा बासीहरु त्रसित बनेका छन  । 

जुन बर्तमान अवस्थामा गैरकानुनी मान्न सकिन्छ । मासुजन्य पसुपन्छिबाट उत्पन्न भएको आशंका गरिएको कोरोना भाइरसबाट बच्न आफ्नो दैनिक भोजनमा मासु तथा मासुजन्य परिकार कमि गरिनुका साथै खुल्ला रुपमा कुखुराको मासु बिक्रीबितरण गर्न कतिपय स्थानीय निकायले प्रतिबन्ध लगाइसकेको अवस्थामा  झापाको गौरादह नगरपालिकाको वडा न ७ ग्वाल्डुबामा नजिकैको उर्लाबारी नगरपालिकाबाट क्यारियरमा कुखुरा ल्याएर  माइकिङ गरि भिडभाड जम्मा गरेर बिक्रीबितरण गरिएको कार्य एक्दमै निन्दनिय भएको स्थानीयको गुनासो छ ।

 नगरपालिकाको अनुरोधमा स्थानीय व्यापारीहरुले स्थानीय बजार पनि बन्द गराएको अवस्थामा बाहिरबाट पशुपंछी ल्याएर प्रसार प्रसार गरि बिक्री बितरण गरिनु निन्दनिय देखिएको छ । यस्तो गम्भीर बिषयलाई तत्काल निगरानी तथा खबरदारी गरि सम्भाबित संक्रमणलाई रोक्नका निमित्त साबधानीमा सहयोग पुर्याउन सरोकार वालाहरुले सम्बन्धित निकाय सँग अनुरोध गरेका छ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ