arrow

कोरोना शंकास्पदको उपचार गर्न पाँचथरका अस्पतालमा ९० शैया

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत १० सोमबार
panhtar-hos.JPG

पाँचथर । पाँचथर जिल्लामा कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारका लागि यहाँ सञ्चालित अस्पतालहरुमा ९० शैया व्यवस्थापन गरिने भएको छ ।

९० मध्ये पाँचथर जिल्ला अस्पतालमा ४०,समर्पित अस्पतालमा ३० र पाथिभरा हेल्थ केयर हस्पिटलमा २० शैया रहने छन् ।

जिल्ला समन्वय समितिका प्रमूख संयोजक रहेको स्वास्थ समन्वय समितिले सदरमुकाम फिदिममा सरोकारवालाहरुसँग छलफल गरी यस्तो निर्णय गरेको हो ।

साथै कोरोना संक्रमित विरामीलाई उपचार गर्नुपर्ने अवस्था आइलाग्न सक्ने सम्भावनाको मध्यनजर गर्दै आइसोलेसन सहितको उपचार केन्द्र स्थापनाका लागि फिदिम नगरपालिकालाई ठाँउ व्यवस्थापनको जिम्वेवारी दिइएको छ ।

समितिले जिल्लासँग सिमानाका जोडिएका फालेलुङ र याङवरक सहितका स्थानमा उच्च सतर्कताका लागि स्वास्थकर्मी र सुरक्षा निकाय परिचालन गर्ने, अन्तर जिल्ला र छिमेकी मुलुकसँग सिमाना जोडिएका स्थानमा सम्वन्धित स्थानीय तहसँग समन्वय गरी हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । यसैगरी दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि पाँचथर उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिएको छ । अहिले अत्यावश्किय बाहेक सवै बजार पसल वन्द गर्ने तयारीमा उद्योग वाणिज्य संघ रहेको अध्यक्ष दिपक नेपालले बताए ।

यसैगरी कोरोना भाइरस ९ कोभिड १९० वारे जानकारी आम सर्वसाधारणमा पु्‍याउन पाँचथर जिल्ला अस्पताल प्रमूख डाक्टर बुद्धीवहादुर थापाको नेतृत्वमा ३ सदसीय स्रोत समूह गठन पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ