arrow

अलपत्र परेका ५०० बढी नेपालीको उद्दार, सबैजना क्वारेन्टाइनमा

logo
सौरभ  गिरी,
प्रकाशित २०७६ चैत १० सोमबार
nagar-bus.jpg

नेपालगन्ज । नेपालगन्जको सिमा जमुनहामा भारतबाट आएर अलपत्र परेका सबै नेपालीलाई नेपालगन्ज ल्याइएको छ। 

सोमबा बिहानसम्म २५० बढी नेपाली सिमा नाका जमुनहा आइपुगे पनि बिहान  ११ बजे बढेर ५०० बढीको हाराहारीमा पुगेको छ।उनिहरु सबैलाई बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसको भवनमा राखिएको छ।

 सबैको स्वास्थ्य जाँच गरेर उनिहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको अस्थाई क्वारेन्टाइनमा लगिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।

 बाँके प्रशासनले सम्बन्धीत जिल्लाका ब्यक्तिहरुलाई क्याम्पसमा केही समय राखेर सवारीसाधनको ब्यबस्थासहित उनीहरुको गन्तव्यमा पुर्याउने भएको छ।भारतबाट आज बिहान २ बजे  २५० बढी ब्यक्तीहरु आएका हुन् भने अन्य ११ बजे सम्म आएका थिए। 

अब भने कोहिलाई पनि आवतजावत गर्न नदिई पुर्ण रुपमा सिमा बन्द गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ