arrow

सेलपेबाट फण्ड ट्रान्सफर गर्दा पैसा नलाग्ने 

logo
प्रकाशित २०७६ चैत १० सोमबार
cell-pay.jpg

काठमाडौं। भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि चैत्र ९ देखि २०७७ बैशाख १८ सम्मको लागि रकम स्थानान्तरण (फण्ड ट्रान्सफर) सेवा निशुल्क उपलब्ध गराउने बिज्ञप्ती मार्फत जनाएको छ । सेलपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी हो।

विश्वभरी फैलिदै गरेको कोरोनाभाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुचना जारी गरेसगै  सेलपेका ग्राहकहरुले सेलपे एपबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था मिलाइएको बताएको हो। 

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने जनाएको छ। सेलपेले बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित, लोयल्टी पोइन्ट पाईने जस्ता विशेषताहरु रहेको जनाएको छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिने जनाएको छ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ