arrow

सुनसान बन्दै ‘नयाँ बसपार्क’

logo
रासस,
प्रकाशित २०७६ चैत १० सोमबार
dashain-bus-park-passengers.jpg

काठमाडौं ।  नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोगँबुस्थित नयाँ बसपार्क सुनसान बन्दै गएको छ । सरकारले विश्वमा फैलिँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत १० देखि २१ गतेसम्म सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै आजदेखि नयाँ बसपार्क सुनसान बनेको हो । 

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर अधिकांश बस यात्रु बोकेर काठमाडौँ बाहिर गएकाले नयाँ बसपार्क सुनसान बन्दै गएको बताउछन्। “नयाँ बसपार्कभित्र रहेका अधिकांश बस आज बिहानसम्म यात्रु बोकेर उपत्यका बाहिरिएका छन्”, उनले भने । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पाँच दिनमा सात लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकांश व्यक्ति घर फर्कंदा काठमाडौँका सडक सुनसान बन्दै गएको बताउछन्। 

नयाँ बसपार्कमा हाल दैनिक एक हजार ५०० हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर पछिल्ला केही दिन नयाँ बसपार्कमा यात्रुको खचाखच भए पनि आजबाट लामो दूरीका सवारी साधन गुड्न छोडेपछि बसपार्क सुनसान बन्दै गएको बताउछन्।

 एकसय ६२ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा हाल एक हजारभन्दा बढी सवारी साधन पार्किङ गर्न मिल्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ