arrow

कैलालीमा कर्फ्यु 

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७६ चैत १० सोमबार
kailali-district.png

धनगढी। कोरोना भाइरसको जोखिम रोक्न  कैलालीमा कर्फ्यु जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा आज बसेको बैठकले दिउँसो २ बजेदेखि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो। संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कंचनपुरको महेन्द्रनगर, झलारी, पुनर्वास, बेलौरी लगायतका  बजार पूर्ण रुपमा बन्द रहेका छन्। भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको सीमा नाकासँग जोडिएका यी शहरहरुमा आवात जावतमा कडाई गरिएको छ। यसै गरि  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार कर्फ्यू नै जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला भीड अनियन्त्रित भएकोले जिल्लाभर ‘कर्फ्यू’ आदेश जारी भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ