arrow

शेरचनले वहाल नलिने, छुट दिने पश्चिम नेपालको पहिलो घरधनी

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १० सोमबार
serchan.jpg

रुपन्देही । रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं.५ निवासी मृगेन्द्र कुमार शेरचनले पछिल्लो समय विश्वलाई नै प्रभावित वनाउन पुगेको कोरोना भाइरस (कोभिड १९) का कारण स्थानिय वजारहरु प्रभावित वन्न पुगेकोले उनले आफ्ना व्यवसायिक सटरहरुमा विभिन्न व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई यस्तो समयमा केही भएपनि राहत स्वरुप सहयोग पुग्ने वताउँदै चैत्र महिनाको (१ महिना) वहाल नलिने घोषणा गरेका छन् ।

घरधनी शेरचनले आफ्नो घरमा रहेका १६ वटा व्यवसायिक सटर तथा दुईगोदामहरुको वहाल नलिने घोषणा गरेका हुन् । साथै उनले यस्तै विषम परिस्थिती कायमै रहि रहेमा थप आगामी महिनाहरुको पनि वहाललाई पुर्न विचार गरी व्यवसायी हरुलाई सहयोग गर्ने बताए । 

यसरी वहाल छुट दिनेमा उक्त घरधनी शेरचन नेपालकै दोस्रो तथा प्रदेश नं. ५ एंव पश्चिम नेपालको पहिलो घरधनी मानिन्छन् । चीनको वुहान शहरवाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभर आक्रान्त पारिरहेको छिमेकी मुलुक भारतमा पनि त्यसको असरदेखिएकाले नेपाल त्यसको उच्च जोखिममा नेपाल रहेको छ । 

यस्तै नेपाल उच्च जोखिमको सुचिमा परेपछि अहिले नेपाल सरकार र विभिन्न निकायहरु द्वारा विशेष सावधानी अपनाउन सवै नागरिकहरुलाई अपिल गर्दै आएका छन् । 

जसअन्र्तगत नेपाल सरकारले सोमबारदेखि करिव १० दिन सम्म लामो दुरीका सवारी साधनहरु वन्द गर्नुका साथै सोमबारदेखि सम्पुण खुल्ला सिमा नाकाहरु सिल गर्दै आम नागरिकहरुलाई घरमै वस्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ