arrow

प्रिमियर लिग: लेस्टर उपाधि नजिक, हटस्पर पच्छ्याउँदै

हटस्परले उपाधि चुम्नका लागि लेस्टरले आफ्नो बाँकीका ३ मध्य २ खेल हार्न पर्नेछ

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
leicester_Swansea.jpg.jpeg
काठमाडौं। लेस्टर सिटीले स्वान्सीलाई ४-० गोलले हराउँदै प्रिमियर लीग उपाधिको नजिक पुगेको छ। संभवत: यहाँबाट लेस्टरले उपाधी चुम्ने छ।
 
३५ खेलबाट ७६ अंकका साथ पहिलो स्थानमा रहेको लेस्टरलाई पच्छयाउने क्रममा दोस्रो स्थानमा रहेको टोटेनह्याम हटस्परको ३४ खेलबाट ६८ अंक रहेको छ। बाँकी रहेको खेलमा अंकका आधारमा लेस्टर र हटस्परमात्र उपाधि होडमा रहेका छन्। दुई टोली मध्य एकले उपाधि जित्ने पक्का भएको छ। 
 
खेलको साधारण हिसाबलाई मान्ने हो भने लेस्टरले ९९% उपाधि जितिसकेको अवस्था रहेको छ। दोस्रो स्थानमा रहेको हटस्परले सबै खेल जितेमा ८० अंक पुर्याउने छ र हटस्परले उपाधि चुम्नका लागि लेस्टरले आफ्नो बाँकीका ३ मध्य २ खेल हार्न पर्नेछ । 
 
समान्यतया फुटबलमा यस्तो हुन संभव मानिन्न तर अन्तमा खेल हो भन्न सकिन्न भन्ने कुरालाई आत्मसाथ गर्नु पर्ने हुन्छ। 
 
स्वान्सी बिरुद्ध लेष्टरका जोसे उलोआले २ गोल गरेका थिए। खेलको १०औं मिनेटमा रियाद मारेजले लेस्टरकालागि गोलको खाता खोलेका थिए। उलोआले ३०औं र ६०औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ३-०को अग्रता दिलाएका थिए। 
 
खेलको ८५औं मिनेटमा मार्क अल्ब्राईटनले गोल गर्दै खेललाई ४-० बनाएका थिए। लेस्टरका स्टार स्ट्राईकर जेमी भार्डीको अनुपस्थितीमा पनि जीत निकाल्दै लेस्टरले आफु राम्रो लयमा रहेको जनाउ दिएको छ। 
 
लेस्टरले आफ्ना बाँकी तीन खेल म्यानचेष्टर युनाईटेड, ईभर्टन र चेल्सीसँग खेल्ने छ। अंक तालिकामा म्यान्यु पाँचौं स्थान, चेल्सी ९औं र ईभर्टन ११औं स्थानमा रहेका छन्। 
 
हटस्परले वेष्टब्रोम, चेल्सी, साउथाम्पटन र न्यु क्यासलसँग खेल्न बाँकी रहेको छ। वेष्टब्रोम १४औं, चेल्सी ९औं, साउथाम्पटन ८औं र न्यु क्यासल १९औं स्थानमा रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ