भारतको कोरोना सङ्क्रमण नियन्त्रण प्रयास, बुधबारदेखि सबै आन्तरिक उडान पनि बन्द
एएफपी,
प्रकाशित २०७६ चैत १० सोमबार
1k
Shares
नयाँ दिल्ली। भारतले कोरोना सङ्क्रमणका थप घटना पुष्टि हुने क्रम बढेसँगै आगामी बुधबारदेखि सबै आन्तरिक उडानलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ। भारतमा विभिन्न राज्यहरूले आ–आफ्नै हिसाबले स्थानीयस्तरमा नै आवागमनमा रोक लगाउने निर्णय आइसकेको समयमा केन्द्र सरकारले सबै आन्तरिक उडानलाई बन्द गर्ने निर्णय गरेको हो।
भारतले विदेशबाट आउने सबै अन्तर्राष्ट्रिय उडानमाथि यस पहिले नै रोक लगाइसकेको छ भने अधिकांश सीमा क्षेत्रमा पनि आवागमन बन्द गरेको छ। सरकारको सूचना विभागका अनुसार सामान ढुवानी गर्ने कार्गो विमान सेवा भने यथावतरूपमा चल्ने छन्। भारतमा सोमबारसम्म सात जनाको मृत्यु भइसकेको छ भने ४०० व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।