arrow

आईपीएल क्रिकेट: धोनी र कोहली दुवैका टोली पराजित

logo
प्रकाशित २०७३ वैशाख १३ सोमबार
Pune_Kolkata.jpg.jpeg
काठमाडौं। भारतमा जारि आईपीएल क्रिकेट प्रतियोगितामा भारतीय क्रिकेट टोलीका एकदिवसिय र टि-२० टोलीका कप्तान महेन्द्र सिंह धोनीको टोली पुणे सुपरजायन्ट्स र भारतीय टेष्ट टोलीका कप्तान विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बेंगलोर पराजित भएका छन्। 
 
कोहलीको टोली बेंगलोरलाई गुजरात लायन्सले ६ विकेटले पराजित गरेको हो भने धोनीको टोली पुणेलाई कोलकाता नाईट राईडर्सले २ विकेटले पराजित गरेको हो। 
 
बेंगलोर- गुजरात
टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेटको नोक्सानीमा १८० रन बनाएको थियो। कप्तान कोहलीले ६३ बलमा १ चक्का र ११ चौकाको मदतले १००* रन बनाएका थिए। त्यसैगरि केएल राहुलले ३५ बलमा ५१ रनको योगदान दिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको गुजरातले १९.३ ओभरमा ४ विकेटको नोक्सानीमा १८२ रन बनाएको थियो। उसकालागि दिनेश कार्तिकले ३९ बलमा ५०* रन बनाएका थिए। त्यसैगरि ब्रेण्डन मकलमले २४ बलमा ४२ रनको योगदान दिएका थिए। 
 
खेलका प्लेयर अफ द म्याच शतक बनाएका विराट कोहली घोषित भएका थिए। 
 
कोलकाता-पुणे
टस हारेर पहिले ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।अजन्के रहाणेले ५२ बलमा ६७ रन बनाएका थिए। २८ बलमा ३१ रन बनाउँदै स्टिभ स्मिथले राम्रो योगदान दिएका थिए। कोलकाताका शाकिब अल हसनले ३ ओबरमा १४ रन खरचिंदै १ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेकोकोलकाताले १९.३ ओभरमा ८ विेकटको क्षतिमा १६२ रन बनाउँदै खेल जितेको थियो। कोलकाताका सुर्यकुमार यादवले ४९ बलमा ६० रन बनाएका थिए। युसुफ पठानले २७ बलमा ३६ रन बनाएका थिए। पुणेका एल्बी मोर्केल, थिसारा परेरा र रजत भाटियाले २-२ विकेट लिएका थिए। 
 
केलका प्लेयर अफ द म्याच सुर्यकुमार यादव घोटित भएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ