arrow

दिपक मल्होत्राले नेपाली मास्क तयार गरे, दैनिक ७० हजार उत्पादन

logo
प्रकाशित २०७६ चैत १० सोमबार
dipak-malhotra.jpg

काठमाडौं। नेपाली बजारमा माग अनुसारको आपूर्ती नभएपछि व्यवसायी दीपक मल्होत्राले भारतबाट मेसिन ल्याएर नेपालमा मास्क बनाउन शुरु गरेका छन् । उनले १५ दिनमै भारतबाट मेसिन ल्याएर मास्क उत्पादन गर्न थालेका हुन् । 

उनले पहिले एक हप्तामै मास्क उत्पादन गर्ने भने पनि मेसिन ल्याउन तथा व्यवस्थापन गर्न ढिलाइ हुँदा १५ दिन लागेको बताए । 

भैरहवा नाकाबाट सामान ल्याउन दुई दिन गाडी जाममा परेको र भन्सार तिरेर मेसिन ल्याउँदा ढिलाइ भएको बताए । 

उनले सोमबारबाट दैनिक ७० हजारका दरले मास्क उत्पादन हुन थालेको बताए । उनले नेपाल चेम्बर अफ कमर्श र सरकारको सहयोगका कारण मास्क तयार गर्न सकेको जनाए । 

मंगलबारबाट लकडाउन भएका कारण मास्क आपूर्तिमा समस्या हुने देखिएको छ । मल्होत्राले आफूले तयार गरेका मास्क सरकारलाई जिम्मा लगाउने र सरकारमार्फत नै मास्क वितरण गर्ने बताएका छन् । 

आइएमएस ग्रुपका अध्यक्ष मल्होत्राले असहज परिस्थितिलाई सहज बनाउन केही समयका लागि मास्क उत्पादनमा लागेको बताएका छन् ।

विश्वमा कोरोना भाइरस फैलिइरहेका कारण मास्कको अभाव भएपछि नेपालीलाई सेवा दिन मास्क उत्पादनमा लागेका हुन् । 

उनले मास्क ब्ल्याक मार्केटमा विक्री वितरण भएका अवस्थामा आफूले उत्पादन खर्चमै मास्क विक्री गर्ने बताएका छन् । 

उनले बजारमा ७ रुपैयाँमा मास्क किन्न पाइने पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ