arrow

रंगेली अस्पतालमा कोरोनाको आशंकामा उच्च ज्वरोका विरामी आईसोलेशनमा

logo
किरण न्यौपाने,
प्रकाशित २०७६ चैत ११ मंगलबार
rangeli1.jpg

रंगेली । मोरंगको रंगेली अस्पतालको आइसोलेशन वार्डमा आज दिउसो शंकास्पद एक जना विरामीलाई भर्ना गरिएको छ । भर्ना भएका विरामी मोरंगको सुनवार्षि नगरपालिका ५ बस्ने ३५ वर्षिय युवक रहेको अस्पतालले जनाएको छ । 

उच्च ज्वरो सहित निमुनियाको समस्या बाट पिडीत भई उपचारका लागी रंगेली अस्पताल पुगेपछी चिकित्सकहरुले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उनलाई छुट्टै आइसोलेशन वार्डमा राखेर उपचार थालेका छन् ।

 रंगेली अस्पतालका मेडिकल सुपरटेण्डन डा.रोहेन्द्र पाण्डेले विरामीमा उच्च ज्वरो संगै निमुनिया रहेकाले कोरोनाको संक्रमणलाई ध्यानमा दिदै आइसोलेशनमा राखेर उचपार थालिएको बताए ।  विरामीलाई निगरानी राखेर उपचार गरिरहेकाले थप कुनै समस्या देखिए विरामीको स्वाब समेत परिक्षण गरिने डा. पाण्डेले जानकारी दिएका छन् । 

भर्ना भएका ति युवकको छिमेकी रोजगारीको भारतको केरला राज्य बाट केही साता अघि आएको सुचना पाएपछी  रंगेली अस्पतालका डाक्टर र रंगेली प्रहरी सहितको टोलीले सो क्षेत्रको अनुगमन समेत गरेको प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए छन् । 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको संकक्रमणलाई मध्यनजर गरी यस अघि नै रंगेली नगरपालिकाले रंगेली अस्पतालमो ५ वेडको आइसोलेशन वार्ड तयार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ