फिदिममा सयवटा क्वारेन्टाइन बनाउन शुरु

७ वटा स्थानीय तहमा २५ वटा दरले क्वारेन्टाइन बनाईने

जितेन्द्र भण्डारी,   प्रकाशित मिति : २०७६ चैत ११ मंगलबार

पाँचथर । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाईरस) को जोखिमलाई मध्यनजर गर्दै पाँचथरको फिदिम नगरपालिकालाई केन्द्रित गरेर एक सय क्वारेन्टाइन बनाउन सुरु गरिएको छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिमलप्रसाद सापकोटाका अनुसार फिदिम बजारलाई केन्द्रित गरि क्यारेन्टाइन बनाउन सुरु गरिएको हो । फिदिम स्थित अगुवा स्रोतकेन्द्र भवन, फिदिम माविको एउटा ब्लक र खेलकुद विकास समितिको हलमा क्वारेन्टाइन बनाउन सुरु  गरिएको हो ।

 यसअघि समर्पित अस्पतालमा १६ ओटा क्वारेन्टाइन निर्माण गरिएको छ । सोही अस्पतालमा पाँच ओटा आइसोलेसन कक्ष पनि निर्माण गरिएको सापकोटाले जानकारी दिए  । फिदिम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासनक र सुरक्षा निकायका प्रमुखहरुको मंगलबार दिउँसो बसेको बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेपछि काम सुरु भएको हो ।

 यसैबीच पाँचथरका सात ओटा गाँउपालिकामा २५ का दरले क्वारेन्टाइन निर्माण सुरु गरिएको छ । सबै गाँउपालिकाले क्वारेन्टाइन निर्माण गर्न सुरु गरेको बताईको छ । 

नयाँ