कोरोना संक्रमणले पाँचथरका एक नेपालीको अमेरिकामा मृत्यु
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत ११ मंगलबार
518
Shares
पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका ४ घर भई हाल अमेरिकामा बस्दै आएका अनिल सुब्बा लिम्बुको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ।
न्यूयोर्कको एक अस्पतालमा उनको उपचारको क्रममा आज मृत्यु भएको हो। तीन दशकदेखि परिवारसहित अमेरिकमा होटल व्यवसाय गर्दै आएका थिए।
नेपाली जनसम्पर्क समिती अमेरीकाका सदस्य तथा एनआरएनए न्युयोर्क च्यापटरमा रहेर समाजमा योगदान पुर्याएका लिम्बु पाचथर जिल्ला निवासी थिए।
यस अघि बेलायतमा इटहरीका लिलाबहादुर राईको कोरोनाले मृत्यु भएको थियो। कोरोनाका कारण हालसम्म दुई नेपालीको मृत्यु भएको छ। कोरोनाकै कारण मृत्यु भएको उनकी श्रीमति शान्ता लावतीले जानकारी दिएकी थिइन्।