arrow

टोकियो ओलम्पिक एक वर्ष पर धकेलियो, नाम उही समय फरक 

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
tokyo-olympic-corona1.jpg

काठमाडौं । सन् २०२० को जुलाईदेखि हुने भनिएको टोकियो ओलम्पिक खेलकुद एक वर्षका लागि सारिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण प्रतियोगिता सार्नु परेको हो । 

आयोजक जापानका प्रधानमन्त्री सिञ्जो आवेले गएको एक वर्ष खेल सार्ने प्रस्ताव अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमम बेचसंग  मंगलबार टेलिफोनमार्फत गरेका थिए । 

त्यस लगत्तै आईओसीले पनि जापानको प्रस्तावमा सहमति जनाएको हो । यो सहमतिसंगै ओलम्पिक खेल सन् २०२१ सम्मका लागि स्थगित भएको छ ।पाराओलम्पिक समेत एक वर्ष पछि हुनेछ ।

आवेले ‘यसले एथ्लेटहरुलाई राम्रो अवस्थामा खेल्न सम्भव तुल्याउँछ र दर्शकका लागि समेत कार्यक्रम सुरक्षित हुन्छ’ भनेका छन् । 

जापानले प्रतियोगिता निर्धारित मितिमा सञ्चालन गर्न आफु तयार रहेको बताएको थियो । तर विश्व एथ्लेटिक्स महासंघ र विभिन्न युरोपेली देशले भने ओलम्पिक सार्न दबाब बढाइरहेका थिए ।

यसअघि क्यानडाले सोमबार ओलम्पिक खेल्नबाट नाम फिर्ता लिएको थियो । त्यस लगत्तै अष्ट्रेलियाले पनि सन् २०२० मा नभइ आफ्ना खेलाडीले २०२१ का लागि तयारी गरेको जनाएको थियो । 

मंगलबार बेलायतले पनि नखेल्ने जनाएको थियो । सन् २०२१ मा ओलम्पिक हुने भए पनि त्यसको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै हुनेछ । 

मिति भने अहिले तोकिएको छैन । कोरोनाको संक्रमण रोकिएपछि बैठक बसेर मिति तय गरिने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ