arrow

कोरोना संक्रमित किशोरीसँग यात्रा गरेका बाँकेका ४ जनाको खोजी सुरु

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १२ बुधबार
bake1.png

नेपालगन्ज। कोरोनाको संक्रमण भएकी १९ वर्षीया किशोरी चढेको जहाजबाट बाँकेका चार जनालेसँगै यात्रा गरेको खुलेको छ। गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सोहि जहाजमा रहेका अन्यको पनि खोजी शुरु भएको हो।

सोही जहाजमा बाँकेका चार जनाले समेत यात्रा गरेको र उनीहरुलाई खोजेर तत्काल क्वारेन्टाइनमा राख्न बाँकेमा पत्र आइपुगेको बताइएको छ। जिल्ला प्रहरीका प्रबक्ता डिएसपी शिव सिंहका अनुसार चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइएको छ। ठेगाना भने खुलाइएको छैन। ठेगाना नखुल्दा अब नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गर्ने तयारी भएको डिएसपी सिंहले भने।

उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको छ। डिएसपी सिंहले पत्र अनुसार उनीहरुको खोजी गरि केही दिन सुरक्षित ठाउँमा राखिने तैयारी भएको बताए। चैत ४ गते दोहाबाट आएका १५८ जना यात्रु लिएर आएको हवाई जहाजमा १२५ जना नेपाली रहेको जनाइएको छ। देशका विभिन्न क्षेत्रका उनीहरुको खोजी गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने तैयारी भइरहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ