विश्व समुदाय कोरोनासँग लडिरहँदा अफगानिस्तानमा शिख समुदायमाथी आक्रमण, २५ मारिए
एपी,
प्रकाशित २०७६ चैत १२ बुधबार
501
Shares
काबुल, अफगानिस्तान। अफगानिस्तानका अल्पसंख्यक शिखहरूको पूजास्थलमा बुधवार बन्दुकधारीहरूले आक्रमण गरेर कम्तीमा २५ जनाको हत्या गरेको त्यहाँका एक जना सभासद् नरिन्द्रसिंह खालसाले वताएका छन् । प्रहरी कार्वाहीमा ४ आक्रमणकारी पनि मारिएका छन्।
आक्रमण भएको खवर पाउन वितिक्कै अफगानिस्तानका आन्तरिक मन्त्रालयले सो आक्रमणस्थल गुरुद्वारामा फसेका उपासकहरुको सुरक्षाका लागी पुलिस तैनाथ गरिएको बताएका छन् । आक्रमणको वेलामा सो गुरुद्वारामा १५० जना शिख उपासकहरु रहेको र आक्रमणमा धेरै घाईते भएका छन् ।
सो आक्रमणको कसैले जिम्मेवारी नलिएको र तालिबानी प्रवक्ता जबिहुल्लाह मुजादले ट्वीट गरेर आफनो समुहको सो आक्रमणमा कुनै संलग्नता नरहेको वताएका छन ।
कट्टरपन्थी मुस्लिम देशमा शिखहरूले व्यापक भेदभाव भोग्दै आइरहेका छन् र इस्लामी अतिवादीहरूले उनीहरूलाई पनि निशाना बनाउदै आएका छन जसले गर्दा धेरै संख्यामा शिख र हिन्दुहरूले भारतमा शरणको खोजी गरेका छन् ।
जुलाई २०१८ मा पनि शिख र हिन्दुहरुको एक समुहमाथि राष्ट्रपति असरफ घानीलाई भेट्न गईरहेको वेला जलालावाद नजिकै इस्लामी स्टेटका अतिवादीहरुले आक्रमण गर्दा १९ जनाको मृत्यु भएको थियो ।
पुरै विश्व कोरोना विरुद्धको लडाईमा एक जुट भएको वेला पाकिस्तान समर्थक भनिएका तालीवान र हक्कानी समुहको यस्ता आक्रमण रोक्न विश्व समुदाय एक जुट हुन सभासद खालसाले आग्रह गरे।