arrow

कोरोनाको संक्रमण नसकिँदै नेपाललाई दुई नाका खोल्न हतारो, इटलीबाट किन सिकिएन ?  

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
nepal-china-flag.jpeg

काठमाडौं । सरकारले हतार हतारमा चिनियाँ नाका खोल्न थालेको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य शुरु गर्ने भएको हो । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गर्दै यस सम्बन्धी आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने जनाएको छ ।

यसैगरी समितिले अति आवश्यक बैंकिङ सेवा गृह र अर्थ मन्त्रालयको समन्वयमा नाका सञ्चालन गर्ने, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने तथा यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय गरेको छ । 

औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्नुपर्ने तथा गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने बैठकले निर्णय गरेको छ ।

हतारो किन ? 
सरकारले आवश्यक परे प्लेन चार्टर्ड गरेर पनि सामग्री ल्याउन सक्छ । तर नाका खोल्ने हतारो गर्दा नागरिकमाथि खतरा बढ्ने संकेत देखिएको छ । 

नेपाल चीनसंग प्यारो बन्न खोज्दा कतै इटलीको हालत त हुने हैन ? भन्ने प्रश्न खडा भएको छ । 

इटलीले कोरोनाको संक्रमण नसकिँदै चिनियाँ नागरिकसंग इटलीमै अंगालो मार्ने कार्यक्रम राखेको थियो । 

अहिले आएर इटलीले चीनलाई उछिनेको मात्र छैन मृतक दोब्बर बढी भइसकेका छन् । संक्रमितको संख्या पनि चीनको भन्दा बढी हुन थालिसकेको छ । 

कतै यही गल्ती गर्न खोज्दा नेपालमा संक्रमण बढ्ने त हैन ? यदि यस्तो भयो भने नेपालले ठूलो क्षति ब्यहोर्नुपर्नेछ । 

इटली सरकारले पहिले एक करोड ६० लाख जनालाई सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेको थियो । तर त्यो आग्रहलाई जनताले मानेनन् । उनीहरु ‘मलाई छुने कसको आँट’ भनेजसरी हिँड्दै गए । सरकारी अपिलको अवज्ञा गर्दै गए अहिले मृतकको संख्या कहालीलाग्दो छ । त्यस्तै संक्रमित दिनानुदिन बढ्दो छ । 

अहिले नेपालमा ३ जनामा मात्र संक्रमण देखिएको छ । तर सरकारी लापरवाहीका कारण पहिले नै हवाईयात्रादेखि नाका रोकेर लकडाउन गर्न सकेको भए अहिले यतिधेरै त्रास हुन सक्ने थिएन । 

तर दुर्भाग्य अहिले त्रास बढ्दो छ। अहिले नाका खोल्नुभन्दा अत्यावश्यकीय वस्तु ल्याउने प्रवन्ध सुरक्षित तबरबाट गर्न सक्नुपर्ने देखिन्छ । यदि त्यसो हुन नसकेको खण्डमा मुलुकले ठूलो क्षति व्यहोर्नु पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ