arrow

ऋषिङको मध्यविन्दुमा ३० शय्याको क्वारेन्टाइन

logo
रासस,
प्रकाशित २०७६ चैत १३ बिहिबार
doti-quarantine.jpg

तनहुँ। तनहुँको दक्षिण भेगमा पर्ने ऋषिङ गाउँपालिका–८ गोठार्दीस्थित शिव माध्यमिक विद्यालयमा ३० शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ। सबैलाई सहज हुने गरी  गाउँपालिकाको मध्यविन्दु क्षेत्रमा पर्ने उक्त क्षेत्रमा करेन्टाइन स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

विदेशबाट आएकाहरु स्वास्थ्य परीक्षण गराएर मात्र गाउँ प्रवेश गर्नका लागि गाउँपालिकाले सबै स्वास्थ्यचौकी तथा स्वास्थ्य एकाइमा स्वास्थ्य जाँचका लागि व्यवस्था मिलाएको पनि उनले जानकारी दिए। गाउँपालिकाभित्रका कुनै पनि नागरिकलाई  कोभिड– १९  सङ्क्रमण भएमा निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ।

स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीलाई गाउँगाउँ खटाएर सचेतना जगाउने कार्य पनि भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। गाउँपालिकाले २०÷२५ मिटरको दूरीमा स्यानिटाइजर र साबुनपानीको व्यवस्था गरेको छ। उनले भने, ‘पहिलो चरणमा पाँच सय जनालाई मास्क पनि वितरण गरिएको छ।’ मास्क अपुग हुने देखिएकाले थप तीन हजार मास्क काठमण्डौँबाट मगाइएको उनले बताए। लकडाउनको तेस्रो दिनसम्म गाउँपालिकामा एक जना पनि कोरोना सङ्क्रमित नदेखिएको र विदेशबाट आउने व्यक्तिको निगरानी राख्न प्रत्येक वडाध्यक्षलाई सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ