arrow

लकडाउनमा ब्यापारीको हालीमुहाली, छ सयको टमाटरलाई दुई हजार

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
91051801_231081621416370_10.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व आक्रान्त छ । खानका लागि समेत पनि समस्या हुँदै गएको छ । 

यही मौकामा ब्यापारीले चौका हानिरहेका छन्। काठमाडौंको कालीमाटी बजारमा त्यस्तै भएको छ । भारतीय ब्यापारी वीरेन्द्र साहले कम मूल्यमा ल्याएको टमाटर निकै बढी मूल्यमा बेचेको पाइएको छ । 

क्यारेटको ६ सयमा पाइने टमाटर उनले दुई हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ । नेपाली भन्सार कटाएर कुनै पनि सामान बजारमा पठाउनलाई अनिवार्य भएको एक्जिम कोडसमेत नभएका साहले कसरी सामान ल्याएर बेचेका हुनभन्दै स्थानीय व्यापारीहरुले आश्चर्य व्यक्त गरेका छन् । 

१५ सय क्यारेटको टमाटर कालोबजारीमा बेच्नका लागि लुकाएर राखिएको समेत स्थानीय व्यापारीले आरोप लगाएका छन् । 

एक स्थानीय व्यापारीले भने, ‘वीरेन्द्र साह नियमित व्यापारी हैनन् । मौकाको फाइदा उठाउन आएका हुन् ।’

वीरेन्द्र साहले भने आफू बिरूद्ध हल्ला चलाएको बताए । हाम्राकुरासंग उनले भने, ‘यो एक व्यापारीले अर्को व्यापारीलाई खुट्टा तानेको मात्रै हो । अहिले हजुर ल्याउँदा मेरो सय क्रेट टमाटर त कुहियो ।’

उनले अहिले बजारमा भाउ महंगो भएकाले टमाटरको भाउ बढेको बताए । स्थानीय व्यापारीले भनेजस्तो नभएको उनको दावी छ । तर मौकामा चौका नहान्ने ब्यापारी को नहोला ? 

साहले भने, ‘मेरो धेरै क्षति छ । एक्जिम कोड भन्दा पनि मैले भन्सार तिर्ने हो । तिरेर ल्याको हो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ