arrow

असुरक्षित वन्दै गाउँघर ‘लकडाउन’को छैन प्रभाव 

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १३ बिहिबार
gau3.jpg

बुटवल । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्न सरकारले गत मंगलवार देखि नेपाललाई लकडाउन गरेको छ । लकडाउनका कारण देशभरका वजार क्षेत्रहरु मङ्गलबार देखि बजार सुनसान वनेका छन् । गत सोमबार देखि भने लामो तथा छोटो दुरीका यातायातका साधनहरू चल्न सकेका छैनन् । 

सरकारले कोरोना भाईरसवाट वाच्न निमित्त उच्च सजकता अपनाउदै नेपाललाई गरेको हो । सरकारले आह्वान गरेको ‘लकडाउन’ उल्लंघन गरेर सडकमा निस्केका सवारी साधनहरुलाई प्रहरीले पहिलो दिन देखि नै नियन्त्रणमा लिएर कारबाही गर्ने वताएका पछि विहिवार (आज) भने रुपन्देहीका प्रमुख शहर बुटवल र भैरहवा वजारमा सवारीको संख्या अन्य दिनको तुलनामा न्युन रहेको पाईएको छ ।

यस्तै स्वास्थ्य सम्वन्धि केही जानकारहरुले महामारी रुपमा फैलिएको कोरोना भाइरस बाट बच्नका लागि सवैभन्दा पहिले सरसफाईमा ध्यान दिन आग्रह आम नागरिकहरुलाई आग्रह गरेका छन् । साथै उनीहरुले कोही कसैमा कोरोना भाइरसका लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य चौकीमा सम्पर्क गर्नुपर्ने वताएका छन् । त्यस्तै डाक्टरहरुले पनि विश्वभर सन्त्रास फैलाई रहेको कोरोना भाईरसको प्रकोपलाई मजाकको रुपमा नलिई सर्तकता अपनाउन अपिल गरिहरेका वेला तर, हिजोआज ग्रामिण भेगमा मानिसहरु खुलेयाम हिँडडुल गर्दै आएको र मास्क तथा अन्य कुनै सर्तकता नपनाएको पाईएको छ । 

जसका कारण विभिन्न देशहरु वाट गाउँघरमा भित्रिएका व्यक्तिहरुको घुलमिलले गाउँघरका नागरिकहरुले कुनै सजकता अवलम्वन नगर्ने हो भने शहर भन्दा गाउँघरका नागरिकहरुमा कोरोना भाईरसको उच्च जोखिम वढेको देखिन्छ । यस्तै गाउँघर वाट शहरमा विभिन्न सुविधा उपयोग गर्न झरेका मानिसहरु ‘लकडाउन’ घोषणा भएपश्चात् बजार, विद्यालय र उद्योग लगायत बन्द भएपछि अधिकांश मानिसहरु पनि गाउँघर तिर फर्कीसकेका छन् । 

तर सरकारले घोषणा गरेको कोभिड–१९ भाईरसको जोखिमलाई ध्यानमा राख्दै अपनाएको उच्च संयमता भने गाउँघरमा त्यसको भने कुनै प्रभाव नपरेको तानसेन नगरपालिका वडा नं.८ मदनपोखराका किरण चिदीले वताएका छन् । मानिसहरु निर्वाध रुपमा घुमफिर सँगै भेटघाट, घरायसी काम जस्ता आईरहेको पाईएको छ । गाउँघरका मानिसहरुले कोरोना भाइरस भन्ने मात्रै सुनेको तर त्यसबाट बच्नका लागि के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने जस्ता चेतना नभएकाले ‘लकडाउन’ ग्रामिण भेगका मानिसहरुमा कुनै प्रभाव नदेखिएको चिदीको भनाई रहेको छ ।

यद्यपी पहाडी क्षेत्रका गाउँघरहरुमा विभिन्न सञ्चारमाध्यमहरुको पहुँच वाट नजिक भएकाले मात्रै कोरोना भाईरस वाट वच्ने उपाय सुनेपनि तर अन्य कुनै तहवाट त्यस्ता वच्ने उपाय मुलक जानकारी एंव सचेतना सम्वन्धि सुचना प्रभाव नगरेको सोही ठाउँका स्थानिय मुकुन्द गाहाले हाम्रा कुरा संगको कुराकानीमा वताए । साथै उनले हाईवे र वजार क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएपनि तर गाउँघरमा भने कुनै निकायको उपस्थिती नरहेको वताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ