arrow

कोरोना रोकथामको मानचित्रमा नेपाल कहाँ: तीन महिनामा छ सयको मात्र परीक्षण ! 

शहरमै  शंका लाग्दालाग्दै गाउँ पस्ने कामले स्थिति भयावह हुने संकेत

logo
केदार सुवेदी, 
प्रकाशित २०७६ चैत १३ बिहिबार
coronavirus-hamrakuras.jpg

एकारितर कोरोना भाइरसको डरलाग्दो चित्र छ विश्वमा । संक्रमित कति हुन भन्ने संख्याले लेख्दालेख्दै क्षणभर मै आठदश हजारको संख्याले बढी सकेको पाइन्छ भने ज्यान गुमाएकाको सख्या पनि त्यस्तै देखिने गरेको छ, रात विहाननै हजार दुइहजारले बढी रहेको अवस्था । सञ्चो भएर घर फर्किएकाहरुको संख्या ठूलो भएर पनि मानिसलाई आश्वस्त गर्न सकेको छैन । यो भनेको एउटा भयाबह अवस्था नै हो  जो नेपालमा पनि प्रकट भैरहेका छन । 

वितेको तीन महिनादेखि (माघ ९)  नेपालमा एउटा मात्रै संक्रमित भेटिएको भनिँदाभनिँदै पछिल्ला दुइदिनमा मात्रै त्यसमा दुइजना थपिएर अव यो सख्या तीनमा गणना हुनथाल्यो । हुदैजाँदा यहीबेला देशभरीका अस्पतालबाट जस्ता शंकाहहरु प्रकट भएर धमाधम नमूनाहरु आइरहेका छन त्यसले कस्तो रुप देखाउला भन्ने अनुमान पनि गर्न नसकिने अवस्था छ । यति हो,  पूर्वपश्चिम उत्तरदक्षिण सबैतिर यस्तो आशंकाको विस्तार धेरै नै तीब्र रुपले भैसकेको छ । जताततैबाट नमूना पठाइएका सख्या थुप्रिदैछन् । भरखरमात्रै शहर छाडेर गाउ गइएको अवस्थामा त्यसले पनि यो शंका विस्तार गरेको हुनसक्ने मानिएको छ । धेरैको ठम्याइ छ केही पहिलेसम्म शहरमा रहेको शंका गाउमा प्रवेश गरेका छ । 

मलेसियामा पहिले आठ १० जनामा संक्रमित रहेका बेला एउटा प्रार्थना गृहमा एकजनाबाट मात्रै हजारौमा सरेको विवरण यतिबेला सबैतिर उदाहरण दिने गरिन्छ यो संक्रमण कसरी विस्तार हुन्छ भन्ने सन्दर्भमा । 

अध्ययनले नै त्यस्तै देखायो । अर्को त्यस्तै पछिल्लो अध्ययनले इटालीमा यो स्रकमणका बारे सातहप्तासम्म (पुरै जनवरी र फेब्रुअरीका तीनहप्ता) कुनै पहिचान नै  नगरिएक कारणा यस्तो परिणति आएको भन्ने निश्कर्ष प्रस्तुत गरेको छ, जसको भनाइ हो यति लामो समयसम्म संक्रमण विस्तार भैरहँदा पनि त्यसको परीक्षण हुन नपाएकाले यस्तो दुखद परिस्थितिको कारण बन्यो  । 

दक्षिण कोरियाले परीक्षणलाई प्राथमिकता दिएका कारण पछिल्लो चरणमा यो सबैभन्दा नियन्त्रणमा सफलभएको देशमा गनियो भने परीक्षणलाई कुनै प्राथमिकता नदिँदा अमेरिका समेत संक्रमणको तिव्ररफ्ता भैरहेको देशमा परिणत भयो । 

यस्तो बेला खासगरी संक्रमणको पहिचान गरी निदानका सन्दर्भमा नेपाल कहाँ पर्दै छ भन्ने प्रश्न उठ्नु स्वाभाविक होला । 

विश्वाको आजको चित्र 

विश्वभर अहिलेसम्म (चैत्र १३ पहिलो पहर) कोभिड–१९ पहुच २०० वटा देशमा फैलिसकको छ, यसबाट ज्यान गुमाउनेहरुको संख्या २१ हजार रहेको,  संक्रमितको कुल संख्या विश्वभर गरेर चार लाख ६० हजार  पुगेको, अहिलेसम्म एक लाख २० हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका विवरणहरु छन् यो घडीसम्मका लागि । 

यही समयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अमेरिकामा संक्रमण दर अति तीव्र गतिमा बिस्तार भैइरहेको छ । अमेरिकामा संक्रमितको पछिल्लो संख्या ६० हजारको हाराहारीमा पुगेको छ । इटालीमा यस्तो सख्या ८० हजारमा गणना भैरहेको छ भने यसको उदगम स्थल चीनमा ८१ हजारमा स्थिर रहेका छ ।

यतिबेलाको विवरण अनुसार संक्रमितको संख्यामा अमेरिका विश्वमै तेस्रो स्थानमा छ । अमेरिकापछि स्पेन,  जर्मनी, इरान, फ्रान्सआदि छन ।

कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या इटालीमा तीव्र रुपमा थपिने क्रम जारी छ । यो ठाउँमा पनि लेख्दालेखदै संख्या थपिने गरेका छन जसमा ३५ सयको हाराहारिमा पुगेको अवस्था छ । मुत्युदर तिव्ररुपमा बढिरहेका कारण कति घण्टामा कति थपियो भन्न पनि छाडिएको छ । इटालीपछि स्पेनमा मृत्युदर अधिक छ । स्पेनमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६८० जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ३ हजारबाट उकालो लागेको छ । यस्तै अमेरिकामा मृत्युहुनेको संख्या हजार नाघेको छ भने फ्रान्समा पनि मृत्यु हुनेको संख्या १२ सय माथि पुगेको छ । इरानमा थप १ सय२२ जनाको मृत्यु भएपछि कुल संख्या १९ सय ३४ पुगेको छ । पछिल्ला केही दिन यता थप मृत्यु नभएको चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२ सय ७७ मै स्थिर रहेको छ ।

नेपालको अवस्था 

यही मितिमा अर्थात विश्वको यस्तो तथ्यांकमा मिनटमिनटका दरले मुत्यु र संक्रमणम बृद्धि भएका विवरण आइरहेका नेपालमा एउटा संख्या थपियो र संक्रमितको कूल संख्या तीन पुग्यो । त्यसमध्ये एक जना निको भएर फर्किसकेका छन् भने दुइजना उपचारमा छन् । 

यो भाइरसका कारण संसारभरी ज्यान गुमाउनेको कुल संख्या २२ हजारबाट उकालो लागिरहँदा  नेपाल शून्य, संक्रमितको कुल संख्या विश्वभर गरेर पाँचलाखको सख्यामा पुग्दा नेपालमा तीन जना, तीन मध्ये उपचार गरेर घरफर्किएका एक जना । बाँकी  २ जना भरखर संक्रमित देखिएर उपचाररत । 

माथि उल्लेख भएका यी विवरणहरु नेपालका लागि मात्र होइन विश्वकै लागि सुखद हुनुपर्छ । चिनमा यो भाइरस उत्पन्न भएर यस्तो वितण्डा बढाइरहँदा नेपाल बढी जोखिममा थियो एउटा छिमेकी देशका नातालेपनि । विश्वसंस्थाले त्यस्तो घोषणा गरेको पनि हो । तर पनि नेपाल यति बेलासम्म यो अवस्थामा रह्यो । यसका कारणहरु खोजिदैजा लान । त्यसबेला सही बेला सहि काम भएनभएका विवरणहरु आउदैपनि जालान जस्तो इटालीमा आफनै कमजोरी  देखियो,  युरोप र अमेरिका सुरुमा वास्तै नगर्नेमा परे । कामना गरौं नेपाल यी सबैमा नपरोस् । 

परीक्षणको अवस्था कस्तो ? 

देशलाई विश्वकै महामारीबाट जोगाउन भन्दै त्यस मध्येको एउटा मानिने काम राष्ट्रिय तालावन्दी गरेको दोस्रो दिन स्वस्थ्य मन्त्रालयका प्रवक्ताले टेकुमा अहिलेसम्म कोरोना भाइरसको सातसयवटा  नमूना परीक्षण गरेको विवरण सुनाए । कोरोना भाइरसको संक्रमणको शंका लागेकाहरुको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा आउने क्रम बढीरहेको पनि उनको भनाइथियो । पछिल्ला दिनमा दैनिक ५ देखि १५ जनासम्मको परीक्षणहुनेगरको र कहिलेकाही भने यो सख्या ५०–६० पनि पुग्ने गरेको प्रयोगशालाको जानकारी दिइयो । 

अहिलेसम्म यही झण्डै सात सयजनाको नमूना परीक्षण भएकोमा पछिल्लो दुई समेत गर्दा यो पंक्ति लेखिदाको समय सम्म तीनजनामा संक्रमण पुष्टि भएको छ । यो हिसावले सातसयमा तीनजना भेटिएको बुझाउछ । तर यतिलामो समयमा सातसयको यस्तो परीक्षण आफैमा कस्तो हो भन्ने त मप्रश्न उठछ नै । 

परीक्षण भएको आधिकारिकसख्या त यो सातसय भन्दा पनि कम रहेको बुझन सकिन्छ । जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाको भनाइ(देशसञ्चार चैत्र ९) ले परीक्षणको अवस्था, सख्या र प्रकृतिलाई यसरी प्रष्टपार्छ –

–कोरोना भाइरसको संक्रमण देखिएको कसरी थाहा हुन्छ ?

यसमा हामीले जिन हेर्छौँ । जिनमा प्रोटिन हुन्छ । त्यही प्रोटिन खोज्ने हो । कोरोना भाइरसका लागि भनेर प्रोटिन बनेको हुन्छ । त्यही प्रोटिन जिनसँग मिल्ने गरी रियजेन्ट बनेको हुन्छ । केही गरी कोरोना भाइरस छ भने त्यो रियजेन्ट जिनको ठाउँमा बस्छ । धेरै पटक मेसिनले त्यसलाई मल्टिप्लाइ गर्छ । र मल्टिप्लाइ गरेपछि मेसिनले त्यसलाई ग्राफमा देखाउँछ । ग्राफ आयो भने कोरोना भाइरस पोजेटिभ र ग्राफ आएन भने कोरोना भाइरस नेगटिभ हुन्छ ।

–परीक्षणका लागि खर्च कति लाग्छ ?

प्रयोगशालाको हकमा खर्च ‘भेरियबल’ छ । एकै पटकमा धेरै गर्दा अलि कम खर्च लाग्छ । धेरैको गर्दा तीन–चार हजार रुपैयाँमा पनि हुन सक्छ । थोरै गर्दा अलि बढी खर्च लाग्छ । तर अस्पताल भर्ना भएका शंकास्पद व्यक्तिले भने नमुना परीक्षणका लागि पैसा तिर्नु पर्दैन ।

–परीक्षण कति पटक गर्नुपर्छ ?

ठ्याक्कै यति भनेर त अहिलेसम्म भनिएको छैन । शंकास्पद व्यक्तिको हामीले अहिलेसम्म एक पटक मात्रै परीक्षण गर्ने गरिरहेका छौँ । त्यस्तै शंकास्पद भयो भने चाहि धेरै पटक पनि परीक्षण गराउन सकिन्छ ।

–कस्ता व्यक्तिको नमुना परीक्षण भइरहेको छ ?

लक्षण देखिएका अस्पताल पुग्ने सबै जनाको परीक्षण गर्दैनौँ। जो व्यक्ति विदेशबाट नेपाल आएका छन् र उनीहरु कुनै लक्षण देखापरेको छ वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ भने मात्र कोरोनाको परीक्षण गर्ने गरेका छौँ ।

तर अहिले भने परीक्षणको दायरा बढाएर अलि धेरैलाई परीक्षण गर्न सुरु गरेका छौँ ।

–दैनिक कति नमुना परीक्षण भइरहेका छन ?

फरक–फरक छ । एक दिनमा ५–६ वटा देखि १५ वटासम्म नमूना परीक्षण भइरहेका छन् । आजसम्ममा हामीले ५ सय ७२ वटा नमुना परीक्षण गरिसकेका छौँ । जसमध्ये एक जनामा पोजेटिभ देखिएको छ ।’ 

जानकारहरुका अनुसार कुनैपनि परीक्षणमा विमारीको नामहँुदैन । नम्वरबाट यसको पहिचान हुन्छ । माथि उल्लेख भएको यो ७ सयको सख्यामा पुरै तीन सयवटा त ती व्यक्तिको भएको अवस्था हुनुपर्छ जो चीनको प्रभावित प्रान्तबाट ल्याइएका १७५ को रहेको हुनुपर्ने विज्ञहरुले अनुमान गरका छन । उनीहरुला दुईपटक नमूना परीक्षण गरिएको थियो । नम्वरको हिसावले रेकर्ड हुँदाको हिसाव हो यो । त्यसो हो भने यतिबेलासम्म करिव तीनसयकोमात्र नमूना परीक्षण भएको मान्नु पर्ने हुन्छ । यद्यपि यो भन्दबढीनै भएको मानौं । 

पहिलो स्रक्रमण 

माघ ९ मा पहिलो संक्रमण देखिएको थियो नेपालमा । चैत्र ७ मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्दा यो कुरा उल्लेख भएको थियो । त्यसअघि रत्यसपछि सरकारी तहबाट यसलाइ धेरै पटकनै  दोहोर्‍याइयो चैत्र १० गते मध्यान्हसम्म जुनबेला अर्को संक्रमित भेटिएका थिएनन् । संकमणबाट ती व्यक्ति जोगिए । निश्चयनै नेपालका लागि यो धेरैनै खुशीको कुरा हो खासगरी यो भाइरसले तिव्र गतिमा विस्तारित हुन थालेको सन्दर्भमा नेपाल मन्दगतिमा परेका कारण । 

तर यही नेर अर्को एउटा पक्ष प्रकट हुन्छ –नेपालले पनि यसको घनिभूत रुपमा परीक्षण सुरु गरेको आजको मितिसम्म साढे दुइमहिना (७५ दिन) वितिसकेको छ ,माघ महिनालाईनै परीक्षण सुरु गरेको मान्ने हो भने पनि । यतिदिनमा परीक्षणको सख्या अधिकतम कूल ६ सयको हाराहारीमा रह्यो र दिनको ५ वटा धेरै भन्दा धेरै १५ नै कायम भयो भने पनि वास्तवमानै प्रश्न उठछ संक्रमणको परीक्षणकोकाम कुन तहमा रहेछ ? 

इटालीको उदाहरण 

कोरोना भाइरसको संक्रमणले पुर्‍याएको तीव्र क्षतिको संसारभरीकै उदाहरणका लागि प्रस्तुत हुँदै आएको देश हो इटाली । यो देशमा यसो हुनुको प्रमुख कारण भनी अध्ययनहरुले यतिबेला देखाए अनुसार संक्रमणले डेढ महिना जति पहिचान नै भएन । अध्ययन भन्छ सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा जनवरीको सुरुमै कोरोना भाइरसको संक्रमण भएको थियो तर फेब्रअरी २० मा आएर मात्रै संक्रमितको पहिलो पटक पहिचान भयो ।  जनवरी र फेब्रुअरीको सुरुका तीन गरी करिव सात हप्ता कोरोना भाइरसको पहिचान हुन नसकेका कारण धेरैमा संक्रमण फैलिएको पछिल्लो अध्ययनमा उल्लेख छ ।यो अध्ययनमा परीक्षणबाट संक्रमण पुष्टि भएका झण्डै ६ हजार घटना उल्लेख थिए । इटालीको तुरिनमा रहेको इन्स्टिच्युड अफ इन्टरचेन्ज (आइएसआइ) फाउन्डेशनका सरुवारोग विरुद्धको रणनीतिकर्ता मिकेले तिज्जोनीका अनुसार ‘जनवरीमै फैलिएको संक्रमण पहिचान नहुनु अति जोखिमपूर्ण हो । त्यो बेलामा शायद हामीले वुहानका बारेमा मात्रै कुरा गरिरहेका थियौँ ।’

अमेरिका र कोरिया 

विश्व स्वास्थ्य संगठनको कोरोनासंग लडने र यसलाई जित्ने एउटैमात्र अस्त्र भनी ‘परीक्षण, परीक्षण र परीक्षण’ को सूत्र प्रतिपादन गरको थियो । यसको प्रयोग दक्षिणकोरियामा सफल भएको मानियो । त्यो देशले परीक्षण गर्न चाहने हरेक व्यक्तिलाइ त्यस्तो अवसर दियो । स्वाभाविक छ त्यो परीक्षणले संक्रमणको अवस्थाको चित्र देखायो । स्वाभाविक छ त्यो चित्र प्रकटभएपछि के गर्ने भन्ने आफै मार्ग निर्देश हुन्छ । यो देशमा संक्रमण  पहिले इटाली भन्दा भयावह हुने अनुमान गरिएकोमा सम्भवत त्यही परीक्षणले वास्तवामानै त्यत्रो ठूलो क्षति हुनबाट जोगियो र यतिबेला यो पक्षमा कोरिया अरूका लागि उदाहरण भएको छ ।

कोरियाले गरेका एउटै कुराहो अधिकाधिक परीक्षण । मान्छेकोआवागमनलाइ कतैपनि वाधा नपारी गाडीमा हिडिरहेका मान्छेलाई रोकेर उसले संक्रमण भए न भएको स्याम्पल लियो । तीन चारघण्टामै त्यसको परीक्षण हुने प्रविधि विकास गर्‍यो । संकृमितमान्छे आफै तत्कालै नियन्त्रणमा आए र त्यही अनुसार उपचार पनि गर्‍यो । 

यो पद्धतिले विशेषज्ञहरुलाइ पनि प्रभावित पार्‍यो र उनीहरु भन्न थाले यो भाइरसको परीक्षणलाई भाइरस रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । अमेरिकाको टेम्पल यूनिभर्सिटीका क्रायस जोन्सनल विश्वभर जहाँ यो भाइरसको परीक्षणमा बढी जोड दिइएको थियो, त्यहाँ नयाँ संक्रमणमा पनि कमी देखिएको जानकारी दिएकाछन् । क्रायसका अनुसार दक्षिण कोरियाले प्रतिदिन अमेरिकाले एक महिनामा गर्नेभन्दा धेरै कोरोना संक्रमणको परीक्षण गर्छ । जसको कारण कोरियामा भाइरसको नयाँ संक्रमण रोकिएको छ । त्यसको ठीक विपरीत अमेरिकामा बढ्दो क्रममा छ ।

परीक्षणलाई प्राथमिकता नदिँदाको अर्को उदाहरण छ अमेरिका । सुरुमा यो भाइरस आफै मेटिन्छ भन्दै राष्ट्रपतिले नै वताउँदै आए । फलस्वरुप यो देश यतिबेला संक्रमण विस्तारको तेस्रोमा परेको छ । यसको तथ्यांक सुरुमै उल्लेख भएका छन । करिव ३ करोड जनसख्या भएको देश हो नेपाल । केन्द्रिय प्रयोगशालाकै  निर्देशक अनुसार पनि यी दिनमा दिनमा पाचसातजानाको नमूना परीषण भैरह्यो । तीनमहिनामा छ सयको सख्याभनेको वास्तवमानै यस्तो बेला न्यूनतमनै मान्नुपर्छ एक दिनको सख्या यति थियो भने केही अवस्था जनाउथ्यो । त्यसकारण कतिपयले शंकापनि गरेका होलान । 

शहरभन्दा गाउँ प्रभावित 

पछिल्लो समय सरकारले निकै नै वोल्ड निर्णय गर्‍यो । यस भित्र राष्ट्रिय तालावन्दी देखिका कुराहरु पर्छन तर यस अघि केही त्यस्ता काम भए जसले संक्रमणलाई सहरीक्षेत्रबाट गाउँसम्म पुग्ने खतराको बनाइएको माने धेरैले । विदेशी आगमनको र बसोवासको केन्द्र रहेको राजधानी वा उपत्यकाबाट मानिसहरु मनमा शंका लिएर नै गाउँ फर्किए । प्रहरीले नै वताए अनुसार पछिल्ला तीन चारदिनको बीचमा १०–१२ लाख मान्छे उपत्यकाबाट बाहिरिए । यिनैसंग सम्वन्धित शंकाको घेरामा परेका सम्भावित संक्रमित पनि रहेछन् जो वायुसेवा हुन कि स्थलमार्गका यातायातमा तिनीहरु अत्यन्त भीडभाडमा रहे । लामो दुरी कति भने १५ घण्टाको यात्रा समेत तय भयो । 

यही यात्रामा रहेछन पछिल्लो समय संक्रमित पुष्टीभएकी एक विद्यार्थी संगै आएका १५२ जना अरु पनि । सरकारले खोज्दाखोज्दा १२५ जना फेलापरे । तिनको आवस्था के छ भन्ने हेर्न बाँकी छ । तर यिनीहरु सवैतिर फैलिएका रहेछन । उनीहरु चैत्र ४ को अन्तरराष्ट्रिय उडानबाट नेपाल आएका थिए । त्यतिबेला नै धेरैतिरबाट यस्ता उडानबाट आएकाहरुलाई क्वारेण्टाइनमा राख्न माग भैरहेको थियो । तिनीहरु राजधानीमा खुला रहेमात्र होइन गाउनै जानपाए । अर्का, आशंकामा परेका त हप्तासम्म राजधानीका होटलमानै बसेर गाउँ गएका रहेछन्  हवाइजहाज वा बस चढेर । यस्ताहरु सँगै सयआधासयको लामो समयसम्म यात्रा जारीरह्यो झनझन पछिल्ला दिनहरुमा । परिणाम कस्तो आउँदै छ भने शहरभन्दा गाउँघरतिरबाट संक्रमणको शंका लागेकाहरुको सख्या बढी रहेको छ । अस्पताल भर्ना हुने तथा आइसोलेशनमा राखिने वा क्वारेण्टाइनमा जानुपर्नेहरुपनि बढन थालेका छन त्यस भेगमा । यो भनेको अवस्था सामान्य छैन है भन्ने नै हुनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ