arrow

कोरोना आशंकित १६ मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ

अन्यको आउन वाँकी

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १३ बिहिबार
lumbini-hospital.jpg

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्विनी प्रादेशिक अस्पतालमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित भएको आशंकामा उपचारका लागि आएका आशंकित १६ जना मध्ये अहिले सम्म ८ जनाको परिक्षण (नेगेटिभ) आएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । 

अस्पतालका अनुसार वाँकी ८ जना मध्ये ६ जनाको स्वाव परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौंमा पठाईएको र ३ जनाको भने शुक्रवार (भोली) सम्म आईपुग्ने अनुमान गरिएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलका सुचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

सुचना अधिकारी गौतमका अनुसार, अहिले सम्म अस्पतालको ओपिडी सेवामा ७० जना भन्दा वढीको चेकजाँच गरिसकेको वताउँदै उनले सवैभन्दा पुरुष रहेको र महिलाको संख्या भने न्युन रहेको वताए ।

 साथै सुचना अधिकारी गौतमले विहिवार (आज) ६ जनाको स्वाव परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौं पठाएको जनाएका छन्। हाल अस्पतालमा ७ जनाको आईसोलेन वार्डमा राखेर उपचार भैरहेको वताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ