arrow

लालीगुराँस गोल्ड: आयोजक पाथीभरा युवा र विराटनगर भिड्दै

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ वैशाख १३ सोमबार
laliguras-gold-cup.jpg.jpeg.jpeg
तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुरमा भइरहेको दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आजपनि एक खेल हुँदैछ। दिउँसो १ बजेपछि हुने आजको खेलमा आयोजक पाथीभरा युवा सामुदायिक क्लब र टीडब्लुवाईसी विराटनगर बीच प्रतिष्पर्धा हुने छ।  
 
वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन थालेको हो। 
काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता बैशाख १७ गते सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ