arrow

सन्दीपद्धारा कोरोना भाइरसविरुद्ध लड्न एक लाख सहयोग

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
sandeep-u-19-captain.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेले कोरोना भाइरस (कोभिड–१९) राहत कोषमा एक लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

सन्दीपले सरकारले गठन गरेको राहत कोषमा १ लाख दिने बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले सरकारी राहत कोषमा सो सहयोग रकमको घोषणा गरेका हुन् ।

सन्दीपले सन्देशसमेत दिँदै मानिसबीचको भौतिक दूरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् ।

विश्वका चर्चित खेलाडीहरुले पनि आफ्नो देशलाई आर्थिक सहयोग गरेका छन् । 

विश्वका १९९ देशमा फैलिइसकेको कोरोना भाइरसबाट नेपालमा अहिलेसम्म तीन जनामा संक्रमण देखिएको छ । एक जनालाई निको भएको छ भने दुई जना उपचाररत छन् ।  

विश्वभर ५ लाख ३१ हजार ६९७ जना संक्रमित छन् भने २४ हजार ७० जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ