arrow

कोरोना संक्रमित किशोरीसंग आएका दुईको पहिचान, क्वारेन्टाइन लगिएन, गाउँ त्रसित

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
coronavirus-hamrakuras1.jpg

सिराहा । गत चैत ४ गते कतार एअरलाइन्सबाट कोरोना संक्रमित किशोरीसँगै आएका १ सय ८६ जना मध्ये २ जना सिराहाका भएको खुलेपनि अहिलेसम्म उनीहरुलाई क्वारेन्टाइन पठाइएको छैन। 

कतार एअरलाइन्समा सखुवा नन्कारकटी ३ का रविन यादव आएको थाहा भएपछि यतिबेला परिहारपुर गाँउ नै त्रसित देखिएको त्यस वडाका वडाध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिए ।

उनले भने ‘हामीलाई खबर हुनासाथ त्यस परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखेर  जनकपुर पुर्याउन लहानका दर्जनौं एम्बुलेन्सवालाहरुलाई गरेको आग्रह र लहानस्थित सप्तऋषि अस्पतालमा रहेको क्वारेन्टाइनमा पुर्याउन गरेको आग्रह सफल हुन सकेन ।’

यसैगरी सोही एयरमा यात्रा गरेका अर्का ब्यक्ति राजाराम महतो रहेका छ्न् । महतो लहान नगरपालिका वडा नं १ स्थित आफ्नै घरमा बसिरहेका छन् । 

उनको हालसम्म कुनै जाँच नभएको र प्रहरी र प्रशासनले कुनै चासो नदेखाको स्थानियहरुको गुनासो छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ