arrow

जीवा लामिछानेले स्मरण गराएको महाभारतको त्यो प्रसंग चर्चामा

लकडाउन युग परिवर्तनको एक अस्त्र हुन सक्छ

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
jiba-lamichhane.jpg

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का कारण संसारका धेरै देशमा लकडाउन छ। लकडाउनको यो अवस्थालाई एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले महाभारतको एक प्रसंगसँग जोडेर सामाजिक संजालमा लेखेका छन्। 

महाभारतको प्रसंगलाई उनले यसरी कोरोना संकटसँग जुध्ने उपायका रुपमा सुझाएका छन् । 

लामिछाने लेख्छन्–
‘पिता द्रोणाचार्यलाई छल गरेर पाण्डवहरुले मारेपछि अश्वत्थामा अत्यन्त क्रोधित भए । उनले पाण्डव सेनामाथि अति भयानक हतियार ‘नारायण अस्त्र’ प्रहार गर्ने निर्णय गरे । यस्तो हतियार भगवान बिष्णु, श्रीकृष्ण, श्रीराम, गुरु द्रोणाचार्य र उनका छोरा अश्वत्थामासँग मात्रै उपलब्ध थियो । 

यो यस्तो हतियार थियो युद्ध मैदानमा जसको कुनै प्रतिकार हुन सक्दैनथ्यो । यो अस्त्र प्रहार भए पछी युद्धमा हतियार सहित प्रस्तुत प्रतिपक्षको हरेक योद्दा उपर अग्नि बर्षा भएर ऊ त्यहीं भष्म हुन्थ्यो । हातमा हतियार नहुनेलाई भने यसले छुँदैनथ्यो । 

भगवान् श्री कृष्णले यो कुरा थाहा पाएर पाण्डव पक्षका सम्पूर्ण सेनाहरुलाई आफ्ना सबै अस्त्र(शस्त्र जमिनमा फालेर प्रार्थनारत रहन निर्देशन दिए । पाण्डव सेना हातहतियार छोडेर चुपचाप प्रार्थनामा जुट्यो । 

अश्वत्थामाले ‘नारायण अस्त्र’ छोडे तर त्यसले भस्म पार्ने प्रतिपक्षको युद्दरत एक सैनिक पनि फेला पार्न सकेन । छाडिएको नारायण अस्त्रको समय सकिएपछी यो निष्क्रिय भयो र युद्द मैदान शान्त देखियो । यसरी पाण्डव सेना ‘नारायण अस्त्र’ प्रहारको बिनासबाट बच्यो । 

यो त भयो एक पौराणिक कथा । मानौं, प्रकृति अहिले मानव जातिसंग रिसाएकी छन् । अहिले फैलिएको महामारीलाई प्रकृतिले मानव जाति उपर छोडेको ‘नारायण अस्त्र’ भन्ने अनुमान गरौँ । प्रकृतिको यस प्रकोपबाट बच्नका लागि पाण्डव सेना हात हतियार फ्याकेर युद्द मैदानमा शान्त बसे झैं हामी पनि शान्तिपूर्वक अहिले घरमै बसौं । नारायण अस्त्रको समयावधि सकिएर निष्क्रिय भए झैं कोरोना भाइरस पनि आफ्नो समयावधि पूरा गरे पछि शान्त हुनेछ । त्यसैले  Please calm down, keep social distancing and stay at home ! बैद्विक सनातन हिन्दु धर्ममा दम छ। विश्वास गर्नेलाई हालको लकडाउन युग परिवर्तनको एक अस्त्र हुन सक्छ। घरमै बसेर यस्ता दानव अस्त्रलाई विफल पारौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ