arrow

नेपालमा लगभग ३ खर्ब १० अर्बको बिशेष राहत प्याकेजको आबश्यकता

logo
कल्याण गुरुङ,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
Kalyan_gurung.jpg

नेपाल सरकारले सबै राजनीतिक दल, नागरिक समाज र पेशाकर्मीहरुको सल्लाह, सुझाव र सहयोगबाट बिश्वभरी फैलिएको कोभिड १९ कोरोना भाईरसको महामारीबाट नेपाल भित्र रहेका आम मानिसलाई जोगाउनको लागि गरेको काम र प्रयासहरु प्रशंसनीय नै छन् । यसको लागि गर्नुपर्ने आबश्यक बाँकी कामहरु तदारुकताका साथ गर्दै जानु पर्छ ।

कोरोना भाईरसको महामारीबाट आम मानिसलाई बचाउन दिनरात भोक प्यास नभनी खटिनु भएका महामहिम राष्ट्रपति, महामहिम उपराष्ट्रपति, सम्माननिय प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, मन्त्रीहरु, सांसदहरु, सातै प्रदेसका माननिय मुख्यमन्त्रीहरु, सातै प्रदेसका प्रमुख प्रतिपक्षी दलको नेता, प्रदेस सरकारका मन्त्रीहरु र प्रदेस सभाका सांसदहरुको साथै स्थानिय निकायका पदाधिकारीहरुको साथै राजनीतिक दलहरु र तिनका सम्पुर्ण भातृ एवं शुभेच्छुक संस्थाका नेता र कार्यकर्ताहरुको र नागरिक समाजहरुका सम्पुर्ण महानुभावहरुको पनि प्रशंसा गर्न चाहन्छु ।

नेपालको सबै संचार जगतका सम्पुर्ण प्रकाशक, ब्यबस्थापक, सम्पादक र पत्रकारहरुको दिनरात गरेको मेहनेतको प्रशंसा गर्न चाहन्छु । यसैगरी नेपाल रेडक्रस सोसाईटीको पनि प्रशंसा गर्न चाहन्छु ।

कोरोना भाईरसको महामारीबाट आम मानिसलाई बचाउन दिनरात भोक प्यास नभनी खटिनु भएका सम्पुर्ण डाक्टरहरु, प्रयोगशालाका प्राबिधिकहरु, नर्सहरु, स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासनका कर्मचारीहरु र सरसफाईका कर्मचारीहरु सबै जनाको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु ।

कोरोना भाईरसको महामारीबाट आम मानिसलाई बचाउन दिनरात भोक प्यास नभनी खटिनु भएका सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका सबै ओहोदाका मानिसहरुको पनि अत्यन्त मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु ।

साथै बिदेसस्थित कुटनैतिक नियोगहरु र निजामति कर्मचारीहरुको मिहनेतको प्रशंसा गर्न चाहन्छु ।

संकटको यस घडीमा नेपालमा र बिदेसमा रहनु भएका सम्पुर्ण नेपालीहरुको धैर्य, शाहस, सहयोग र सकारात्मक सोंचको मुक्त कण्ठले प्रशंसा गर्दछु ।

यस संकटको घडीमा एक अर्कालाई दोषारोपण गर्नुको साटो सबैले अन्तरमनबाट आफुले जानेको र सकेको सहयोग गर्नु राम्रो हुन्छ।

बिश्वभरी फैलिएको कोरोना भाईरस महामारी बिरुद्ध आज सम्पुर्ण नेपालीहरु एकजुट भएर उभिएको छौं । यो प्रशंसनीय काम हो । यो महामारीको पुर्णरुपमा निर्मुल नभएसम्म सबै नेपालीहरुले एक अर्कालाई साथ र सहयोग गरि रहनु पर्दछ ।

विश्वभरी फैलिएको कोरोना भाईरसबाट सुरक्षित हुन “लकडाउन” एक उत्तम विकल्प हो। यसको औषधी निर्माण गर्न बिश्वभरीका बैज्ञानिकहरु दिनरात प्रयासरत छन् ।

कोरोना भाईरसको महामारीबाट सुरक्षित हुनको लागि “सेल्फ क्वारेन्टाईन” मा “घरमा बस्नु” को बिकल्प पनि छैन। 

“आफु बचौं र अरुलाई पनि बचाऔं ” भन्ने पवित्र भावनाले सबैले “लकडाउन” को पूर्ण पालना गर्नुको साथै नेपालको क़ानून र नेपाल सरकारको निर्देशनहरुको पुर्ण पालना गर्दै  “सेल्फ क्वारेन्टाईन” मा आफु पनि “घरमा बस्नु” र अरुलाई पनि “घरमा बस्नु” र “लकडाउन” को पुर्ण पालना गर्न साथ दिनको लागि वहाँहरुलाई सहयोग र प्रोत्साहित गर्नु राम्रो हुन्छ ।

लामों समयसम्म “लकडाउन” र “सेल्फ क्वारेन्टाईन” मा बस्नु पर्यो भने दैनिक ज्यालादारी र मजदुरी गरेर आफु र आफ्नो परिवार पालिरहेका मानिसहरु भोकमरीको सिकार बन्न सक्ने संभावना रहन सक्छ। 

दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएका ब्यक्ति र तिनका परिवारहरुलाई नेपाल सरकारले तत्काल विषेश राहत प्याकेज घोषणा गर्नु उपयुक्त हुनेछ ।

कोरोना भाईरसको महामारीलाई नियन्त्रण र निर्मूल गर्नको लागि आबश्यक क्वारेन्टाईन निर्माण, भेन्टीलेटर सहितको चिकित्सकीय सामाग्री, औषधी र यस कार्यमा लागेकाहरुको तलब, प्रोत्साहन भत्ता र पचास लाख रुपैया बराबरको जीवन बिमा र बिरामीहरु लगायत अस्पतालमा काम गर्नेहरुको लागि खाद्यान्नको ब्यबस्था गराउनु राम्रो हुनेछ । 

साथै साना र ठुला ब्यवसायीहरुको साथै किसानहरुको पनि यस अबधीको कर छुट र ऋणको ब्याज मिनाहा गर्दै बैंकलाई तिर्नु पर्ने किस्ता रक़म पछि तिर्ने ब्यबस्था मिलाउनको लागि आबश्यक निर्णय तत्काल गर्दा राम्रो होला ।

यि दुबै कार्यका लागि अन्दाजी आबश्यक रकम लगभग सत्तरी अर्ब रुपैया बराबरको राहत प्याकेज आबश्यक पर्ने देखिन्छ ।

करीब दुई करोडको संख्यामा नेपालमा रहेका दैनिक ज्यालादारी गर्ने, कम आय र न्युन आय भएका ब्यक्ति र तिनका परिवारको साथै बालबालिकाहरु, बिरामीहरु, असक्तहरु, गर्भवति महिलाहरु, सुत्केरी महिलाहरु, बृद्धबॄद्धाहरु, एकल महिलाहरु र बेरोजगारहरुलाई दैनिक २००/- रुपैयाको दरले एक महिनामा छ हजार रुपैया हुन्छ।

मासिक छ हजार रुपैयाको दरले करिब दुई करोड जनसंख्यालाई दुई महिनाको लागि आबश्यक रकम लगभग दुई खर्ब ४० अर्ब रुपैया बराबरको बिशेष राहत प्याकेज आबश्यक पर्ने देखिन्छ ।

नेपालको आर्थिक क्षमताले लगभग ३ खर्ब १० अर्बको बिशेष राहत प्याकेज तत्काल घोषणा गर्न धेरै गार्हो पर्न सक्छ र यसको संभावना पनि कम छ । 

हालको नेपालको आर्थिक क्षमतालाई आधार मान्ने हो भने यो कार्य कुनै पनि दलको सरकारको लागि अत्यन्त कठिन र लगभग असंभव जस्तै हुन्छ । यो सबैले बुझेकै सत्य हो र यो तीतो सत्यलाई कुनै राजनीतिक रंग नदिएर सबैले आत्मसात र मनन गर्नु राम्रो हुन्छ । 

हामी नेपालीहरुले पनि धैर्यवान, संयमित र मितब्ययी भएर नेपाल सरकारलाई यस महामारीको समयमा यससंग बिना अबरोध निर्भयताका साथ निरन्तर संघर्ष गर्न र यो संघर्षमा बिना क्षती वा कम क्षतीमा शीघ्र बिजयी हुनको लागि सहयोग गर्नु हामी सबैको कर्तब्य र दायित्व हो ।

अन्य देशहरुमा त्यहाको सरकारले आफ्ना नागरिकहरुको लागि बिशेष राहत प्याकेजको ब्यवस्था र घोषणा गरिरहेका छन् ।

यसर्थ, दु:ख, पीडा र गरिबीमा रहेका नेपालीहरुको लागि कोरोना भाईरसको महामारीको यस संकटको समयमा नेपालको हालको आर्थिक क्षमताले भ्याएसम्मको बिशेष राहत प्याकेजको तत्काल घोषणा नेपाल सरकारले गर्दा राम्रो हुनेछ ।

बिश्वभरी फैलिएको यस महामारीलाई नियन्त्रण र निर्मुल गर्नको लागि नेपाल सरकारले देश भित्र र बिश्वभरी संबाद, समन्वय, सहमति, सहयोग, सकारात्मक सोंच, सहकार्य र एकताको माध्यमबाट आफ्ना ठोस पाईलाहरु अगाडि बढाउदा राम्रो हुनेछ ।

(गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ