arrow

मौकाको फाईदा उठाएर कालोबजारी गर्ने ११ जना पक्राउ

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
arrest-final.jpeg

जनकपुर। लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ । पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरूले प्रतिकिलो रु ४५ मा पाइने आलु प्याज रु ८० मा, प्रति रु एक हजार ३५० मा पाइने खाना पकाउने ग्यास रु एक हजार ७०० मा र रु ५० को रिचार्ज कार्ड रु ६० मा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । काउली प्रतिकिलो रु ५०, हरियो खुर्सानी प्रतिकिलो रु २४० र सोही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ