arrow

कोरोना बिरूद्धको अभियानमा डोनेट गरेको एक हप्तामै अर्यालको कोरोनाकै कारण मृत्यु

प्रशान्त अर्याल सहित दुई नेपालीको मृत्यु भएपछि नेपाली समुदाय शोकमा

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
prasant-aryal.jpg

बेलायत। बेलायतको लण्डनमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। पत्रकार कुश बस्नेतले दिएको जानकारी अनुसार साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टी भएको हो।

अस्पतालले अर्यालको परिवारलाई बुधवार टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको थियो। 

लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको कोरोना संक्रमणबाट मृत्यु भएपछि कोरोना संक्रमणबाट भएको यो दोस्रो मृत्यु हो। 

दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले बताएको छ। 

केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो। स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो। 

चितवन पुख्र्यौली घर भएका मृतक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए। पछिल्लो समय उनी एकाउन्टिंग फर्ममा कार्यरत थिए।

कोरोनाको कारण २ जना सदस्य गुमाएपछि नेपाली समुदाय शोकमा छ। कोरोनाको कारण मृत्यु भएकोले अन्तिम संस्कार समेत गर्न नपाँउदा परिवार थप पीडामा छ। अन्तिम अवस्थामा परिवारका सदस्यलाई भिडियो कन्फरेन्स मार्फत जानकारी दिइएको समेत परिवारलाई उल्लेख गर्दै बस्नेतले जानकारी दिए।

अर्यालले युनाइटेड नेशन फाउण्डेशनले कोरोना विरुद्ध खर्च हुने गरि शुरु गरेको अभियानमा संलग्न भई सहयोग पनि गरेका थिए। उनले १६ मार्चमा डोनेशन गरेका थिए। तर उनै अर्यालको त्यसको एक हप्तामै अर्थात सोमबार २३ मार्चमा कोरोनाकै कारण मत्यु भएको हो। 

बेलायत युरोपका अन्य कतिपय देश जस्तै लकडाउनमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ