arrow

बनस्थली क्षेत्रमा कोहि भोकै परे प्रगतिमानलाई सम्झिनुस

लकडाउनमा काममा जान नपाएका गरिव र मजदुरलाई खाना खुवाउने प्रगतिमानले गराए जानकारी

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
pragatiman_-ranjit.jpg

काठमाडौं। कोरोनाको सबै क्षेत्रमा प्रभाव परेको छ। कोरोनकै कारण देशैभर लकडाउन भएपछि काम काज सबै रोकिएको छ। कामकाज रोकिएपछि सबैभन्दा बढी दैनिक काम गरेर गुजारा चलाउने गरिव तथा मजदुरहरु परेका छन्। 

दिनहुँ काम गरेर गुजारा चलाउनेहरु लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेको खबर आउन थालेपछि कतिपय व्यक्तिहरु सहयोगका लागि अगाडी सर्न थालेका छन्। 

यसैबीच नेपाली कांग्रेस काठमाडौंका नेता प्रगतिमान रञ्जितले आफ्नो घर क्षेत्र बनस्थलीमा बसाई गर्ने गरिव मजदुरहरुलाई खाना खुवाउने बताएका छन्। हाम्राकुरासँग कुरा गर्दै रञ्जितले दैनक काम रोकिदा दैनिकी गुजार्न समस्यामा परेका कोहि कसैले देख्नु भएमा वा जानकारी पाएमा आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन्। 

मन भएका सबैले आआफ्नो टोलका गरीब मजदुरहरूलाई सहयोग गरे पनि सरकारको मुख ताक्नु पर्दैन मान्यता अनुसार आफू सहयोगको लागि अग्रसर भएको उनले बताए। उनले गरिव मजदुरहरुको बारेमा जानकारी दिन आफ्नो फोन नम्वर ९८५११२२९०६ समेत सार्वजनिक गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ