arrow

कोरोनाबाट जोगिन अनेक उपाय, गोलो घेरा बनाइ सामान किन्दै

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
gologhera.jpg

दार्चुला । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको जोखिम बढेसँगै दार्चुलामा खाद्यान्न लगायत अत्यावश्यकीय पसलहरुमा दुरी कायम गरिएको छ । सरकारले मंगलवारदेखि लागु गरेको लकडाउनको प्रभावले दैनिक उपभोग्य पसलमा भीडभाड हुन थालेपछि प्रहरीको निर्देशनमा खलंगा बजारमा संचालित पसलेहरुले ग्राहकको उभिने स्थानमा रेखांकन गरेका छन् ।

पसलमा उपभोग्य समान किन्नेहरुको भिडभाड हुन थाले पछि रेखांकन गरि गोलो घेरा लगाईएको राजु कृषि उपज खरिद विक्री केन्द्र दार्चुलाका संचालक नवराज जोशीले बताए । “ग्राहक सिधै पसलै भित्रै आउन् थाल,े जस्ले गर्दा जोखिम निम्तने सम्भावना अत्याधिक हुन्छ ।” उनले भने —  एक ग्राहक पछि अर्को ग्राहकलाई उभिनका लागि ३ फिटको दूरी कायम गरिएको छ ।

रेखांकन पछि पसलमा पनि भीड नहुने र कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताउनु भयो । साथै जोखिमबाट सतर्कता अपनाउन भिडभाड हुने हरेक पसलमा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाको भनाइ छ ।

सरकारले लकडाउनको बेला अत्यावश्यक सेवाका बाहेक अरु पसल बन्द गरेको छ । दैनिक उपभोग्य पसलहरु खाद्यान्न, दुध डेरी, मेकिल, तेल, ग्याँस जस्ता अत्यावश्यक पसलहरु भने खुला गरिएका छन् ।

दार्चुलामा पनि पछिल्लो समय कोरोनाको जोखिम बढ्न सक्नेदेखिएको छ । खासगरी विभिन्न कामको शिलशिलामा भारतमा रहेका नेपालीहरु घर फर्कन थालेपछि झन जोखिम बढ्न सक्नेदेखिन्छ । यसैबिच सरकारले चैत ११ गतेबाट अन्तर्राष्ट्रिय सिमा नाका बन्द गर्दा भारतबाट आएका १६३ जना नेपाली तीन दिनदेखि धारचुलामा अलपत्र परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ