arrow

पहिले राजकुमार चाल्सलाई, दुई दिनपछि प्रधानमन्त्री जोन्सनलाई पनि भेटियो कोरोना

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
Boris_Johnson-UK.jpg

काठमाडौं। राजकुमार चाल्सलाई कोरोना भएको पुष्टी भएको दुई दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ। 

प्रधानमन्त्री जोन्सनलाई कोरोनाको हल्का लक्षणहरू देखा परेको हो। उनलाई कोरोनाभाइरसको लागि इंग्ल्याण्डका प्रमुख मेडिकल अफिसर, प्रोफेसर क्रिस ह्विट्टीको व्यक्तिगत सल्लाहमा परीक्षण गरिएको बीबीसीले जनाएको छ ।

यसअघी बुधवार बेलायती राजकुमार चाल्सलाई पनि कोरोना भएको पुष्टी भएको थियो।

बेलायतको राजपरिवारमा यो पहिलो कोरोना संक्रमण हो। उनको स्वास्थ्य अवस्था ठीक रहेको पनि जनाईएको छ। 

७१ बर्षिय चार्ल्स कोरोना संक्रमण देखिएपछि उनी स्कटल्याण्डस्थित आफ्नो निवासमा आईसोलेसनमा रहेका छन्। उनकी पत्नीलाई भने संक्रमण देखिएको छैन। दुवैजना आइसोलेसनमा बसेका बेलायती संचार माध्यमहरुले जनाएका छन्।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ