पहिले राजकुमार चाल्सलाई, दुई दिनपछि प्रधानमन्त्री जोन्सनलाई पनि भेटियो कोरोना
प्रकाशित २०७६ चैत १४ शुक्रबार
792
Shares
काठमाडौं। राजकुमार चाल्सलाई कोरोना भएको पुष्टी भएको दुई दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ।
प्रधानमन्त्री जोन्सनलाई कोरोनाको हल्का लक्षणहरू देखा परेको हो। उनलाई कोरोनाभाइरसको लागि इंग्ल्याण्डका प्रमुख मेडिकल अफिसर, प्रोफेसर क्रिस ह्विट्टीको व्यक्तिगत सल्लाहमा परीक्षण गरिएको बीबीसीले जनाएको छ ।
बेलायतको राजपरिवारमा यो पहिलो कोरोना संक्रमण हो। उनको स्वास्थ्य अवस्था ठीक रहेको पनि जनाईएको छ।
७१ बर्षिय चार्ल्स कोरोना संक्रमण देखिएपछि उनी स्कटल्याण्डस्थित आफ्नो निवासमा आईसोलेसनमा रहेका छन्। उनकी पत्नीलाई भने संक्रमण देखिएको छैन। दुवैजना आइसोलेसनमा बसेका बेलायती संचार माध्यमहरुले जनाएका छन्।