arrow

कोरोना नलाग्ने हल्ला फैलिएपछि घर अघि खाडल खन्दै मुगुका स्थानीय

अफवाह फैलाउनेलाई पक्राउ गर्न निर्देशन

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
NirpendrabahadurMalla_RSS_RaraMugu_child.jpg

मुगु । कोभिड १९ रोकथान,नियन्त्रण, निर्देशन, कार्यान्वय तथा यस सम्वन्धी कार्य गर्न गठित कमाण्ड पोष्टले कोरोना भाइरसबारे अफवाह फैलाउने र कार्य गर्ने व्यक्तीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

विहिवार गठन भएको कमाण्ड पोष्टको दैनिक बैठक बस्ने र कोरोना भाइरसबारे स्थानीय तह तथा जिल्लास्तरबाट जिल्लामा भैरहेको कार्य प्रगती बारे छलफल गरी संघिय र प्रदेश सरकारहरुलाई जानकारी गराउन थालिएको छ। सोहि अनुसार शुक्रबार बसेको बैठकमा कोरोना भाइरसबारे अफवाह फैलााउने र कार्य गर्न लगाउने पक्राउ गर्ने निर्देशन दिने निर्णय भएको हो ।

केही दिन यता जिल्लाका विभिन्न गाँउहरुमा आफनो घरको अगाडी बाँयातिर खने कोईला भेटाउने र उक्त कोईला घरका सबै परिवारले निधारमा लगाएमा कोरोना रोग नलाग्ने हल्ला फैलिए पछि गाँउ गाँउमा गाउँलेहरु यस्तो रुढीवादी र निराधार कुराको पछि लागेर घर अगाडी खन्ने र परिवारहरुलाई कोईला लगाउन थालेको खबर आएपछि यस्तो कार्य गर्ने र अफवाह फैलाउने व्यक्तीहरुलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

विहिबार बैठक बसी रहेको बेला छायाँनाथ रारा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हरिचन्द्र शाहिले गाँउभरी स्थानीयहरु आफनो घर अगाडी खनेर कोईला निकाली परिवारलाई टिका लगाउने कार्य गर्न थालेको खबर गरेपछि तत्काल पिना गाँउमा प्रहरी पठाएर स्थानीय गाँउलेहरुलाइ यस्तो झुटो र अफवाहपछि नलाग्न र सरकारको लकडाउनलाई सफल बनाउन सहयोग गर्ने प्रहरीले आग्रह गरेको र यस्तो कार्यको पछि अब नलाग्ने गाउलेहरुको आग्रह पछि प्रहरी गाँउबाट फकेको सहयक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीलेे बताए ।

केहि दिन यता मुगु जिल्ला खत्याड,सोरु गाँउपालिका र छायाँनाथ रारा नगरपालिकाहरुका गाँउ गाँउमा यस्तो हल्लाको पछि लागेर कोरोनाबाट बच्न भन्दै स्थानीयहरु आफनो आगनको बायाँ पट्टी खनेर कोईला निकाली निधारमा लगाउने गर्दै आएका छन । 

विश्वलाई आक्रान्त बनाएको कोरोनाको औषधी विश्वमा कसैले पत्ता लगाई नसकेको बेला यस्तो अफवाहप्रति स्थानीय गाँउलेहरु साच्चै पो रोग लाग्दै नकी भनेर विश्वास मान्ने गरेका छन ।  

स्थानीय प्रशासनले कोइलाबारे गाँउ गाँउमा अफवाह फैलाउने व्यक्ती, गिरोहलाई पक्राउ गर्न निर्देशन दिएपछि अहिले गाँउ गाँउमा प्रहरी पठाएर अफवाह फैलाउने व्यक्ती समुहको खोजीमा लागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ