arrow

नेकपा पर्वतका नेता जिसी लकडाउनको समयमा जुवा खालमा मस्त

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
nekapa-jisi-parbat.gif

पर्वत। देशभर कोरोना भाइरसको त्रासका कारण लकडाउन छ । यो बेला नबुझेका मानिसहरुलाई भिडभाड नगर्न सल्लाह दिनुपर्ने नेता नै भिड जम्मा गरि जुवाको खाल चलाइरहेका भेटिएका छन् । 

पर्वत जलजला ८ नाग्लिवाङका सोमबहादुर जिसी लकडाउनको बेला घरमा जुवा खाल चलाएर बसेको भेटिएका छ्न । जिसि नेकपाका जिल्ला सदस्य समेत हुन्।

वडा कार्यलय र वडाध्यक्षले सचेतनाका लागि केही पनि गरेनन भन्दै सबैभन्दा आलोचना गर्ने मध्येमा जीसी अग्रपंतिमा रहेपनि आफू भने जुवाखालमा भेटिएका हुन्। 

फेसबुकमा आलोचनामा समय खर्चिने सोम बहादुर आफू भने दिनभर सामाजिक दुरी कायम नगरि जुवा खाल चलाएर लकडाउनको खिल्ली उडाइरहेका मात्र छैनन आफैलाई पनि खतरामा पारेका छन्। 

जिसिले जिल्लादेखि केन्द्रसम्मका नेतासंग राम्रो हिमचिम भएको भन्दै गाउँमा बेलाबेला सामाजिक सञ्जालमा समेत तस्विर राख्दै आएको स्थानीयहरु बताउँछन् । उनी गएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका पराजित उम्मेद्वार हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ