arrow

सेती प्रादेशिक अस्पतालमा ८ जनाको नेगेटिभ रिपोर्ट, १० को आउन बाँकी, १ को पोजेटिभ

logo
गोविन्द बीसी,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
seti-hospital-report.jpg

बौनिया। कोरोना भाइरस संक्रमणको आशंका भर्ना भई उपचारार्थ रहेका १९ मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। तीमध्ये १० जनाको रिपोर्ट आउन बाँकी रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जनाएको छ। आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गराइ रहेका सबै बिरामीको शुक्रबार अस्पतालले विवरण सार्वजनिक गरेको थियो।

अस्पतालमा भर्ना भएका १० जनाको थ्रोट स्वाव नमूना परीक्षणको क्रममा रहेको छ। १९ जना विरामीको थ्रोट स्वाव संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि नेपालमा संक्रमितको संख्या चार पुगेको थियो।

सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भइ नेगेटीभ रिपोर्ट आएका ८ बिरामीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। धनगढी प्रादेशिक अस्पतालमा उपचाररत १ जना युवकमा भने कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको थियो।

दुबईबाट आएका ३४ वर्षीय उनको प्रोटोकल अनुसार नीजको उपचारमा कुनै किसिमको कमी नभएको र अवस्था सामान्य रहेको जनाइएको छ। अस्पतालको आइसोलेसन वार्डमा अहिले ११ जना उपचारका क्रममा रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ