arrow

हिथ्रो अध्यागमनमा काम गर्ने सुधिर शर्मा, अस्पतालमा काम गर्ने छोरी पूजाको कोरोनाकै कारण निधन

शर्मा नेपाली वा अन्य कुन मूलको अस्पष्ट

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
sudhir-pooja-nepali-uk.jpg

काठमाडौं। कोरोना भाइरसले बेलायत निवासी सुधिर शर्मा र उनकी छोरी पुजाको एक दिनको अघीपछिमा निधन भएको छ। बेलायतको हिथ्रो अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अध्यागमन अधिकृतको रुपमा काम गर्दै आएका ६१ बर्षिय सुधिर शर्माको वुधवार निधन भएको हो।

बुबा बितेको २४ घण्टा पनि नवित्दै ३३ बर्षिय छोरी पूजाको पनि निधन भएको हो। उनी फर्मासिस्ट थिइन। उनी इस्ट सक्सेसमा रहेको इस्टवोर्न जिल्ला अस्पतालमा फर्मासिस्टको रुपमा कार्यरत थिइन। कोरोना भएको ३ दिनमा उपचारकै क्रममा उनको निधन भएको बेलायती समाचार संस्था सनले जनाएको छ।  

सुधिरको परिवार पश्चिम लण्डनको हन्स्लोमा रहँदै आएको थियो। नेपाली वा भारतीय समुदायसँग मिल्ने नाम भएपनि उनीहरुको कुन मूलका हुन भनेर पत्रिकाले खुलाएको छैन। उनीहरुको अन्तिम संस्कारमा साथ दिन कोहि पनि नआउँदा भयावह स्थितिको अनुमान गर्ने सकिने बेलायतका पत्रकार सञ्जय कँडेलले बताए। नेपाली समुदायले पनि बाबु छोरीको निधनको बारेमा स्पष्ट भनेको छैन। हन्स्लो क्षेत्रमा ३ हजार नेपाली रहेका छन्। 

यसअघी बेलायतमा दुई नेपालीको मृत्यु भइसकेको छ। बेलायतको साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो। चितवन पुर्ख्यौली घर भएका अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए। पछिल्लो समय उनी एकाउन्टिंग फर्ममा कार्यरत थिए।

अर्याल दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या रहेको थिएन। 

लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। 
कोरोनाको कारण ४ जना सदस्य गुमाएपछि नेपाली समुदाय शोकमा छ। कोरोनाको कारण मृत्यु भएकोले अन्तिम संस्कार समेत गर्न नपाँउदा परिवार थप पीडामा छ। 

बेलायत युरोपका अन्य कतिपय देश जस्तै लकडाउनमा छ। बेलायतमा अहिलेसम्म ७५९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ