arrow

लकडाउनमा कांग्रेस नेता कार्कीद्धारा दैनिक ज्यालादारी गर्ने १३ परिवारलाई सहयोग 

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
bishnu-raj-karki.jpg

भक्तपुर। भक्तपुरको सूर्यबिनायक नगरपालिकाका मेयरका प्रत्यासी नेपाली कांग्रेसका नेता विष्णुराज कार्कीले दैनिक ज्यालादारी  गरेर गुजारा चलाउनेलाई सहयोग गरेका छन् । 

लकडाउनका समयमा दैनिक ज्यालादारी गर्नेको ज्यालादारी नै छुटेपछि खानपानको समेत टुंगो नभएपछि कांग्रेस महासमिति सदस्यसमेत रहेका कार्कीले सहयोग गरेका हुन् । 

उनले आफूले सानो सहयोग बापत केही राहतस्वरुप दाल, चामल, तेल लगायत खाद्य सामग्री वितरण गरेको जनाए । 

नेकपाका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतको क्षेत्र सूर्यविनायक सुनपा ७ गुन्डुका ८ परिवार र सुनपा १ मा ५ परिवारलाई कार्कीले सहयोग गरेका हुन् । 

कार्कीले ‘आफूले सकेको सानो सहयोग  ज्यालादारी गर्ने र आपत्मा परेकाको खोजी गरि राहत निरन्तर वितरण गर्नेछु’, भने । 

आफू नगरपालिका प्रमुखमा पराजित भए पनि आफूले जनपक्षीय काम गर्न नभुलेको कार्कीले प्रतिक्रिया दिएका छन् । 

कार्कीले कोरोना स‌ंक्रमणबाट जुध्ने तयारी स्वरुप रक्तदान कार्यक्रमलाई पनि जारी राखेको बताए। उनले संकटमा रक्तदाता हुनसक्नेहरुको लिष्ट अद्यावधिक बनाएर बसेको समेत जनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ