arrow

किसानलाई काइदा : उखु छाडेर हिउँदे मकै खेती

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ वैशाख १३ सोमबार
makai-photo.jpg.jpeg
विराटनगर । मोरंङका किसानहरु हिउँदे मकै खेतीतर्फ आकार्षित हुन थालेका छन् ।  राम्रो आम्दानी हुन थालेपछी उखु खेती छाडेर किसानहरु  हिउदे मकै लगाउन थालेका छन । बर्खे मकै भन्दा हिउँदे मकैबाट किसानहरुले बढी फाइदा लिन थालेका छन् ।
 
किसानको आकर्षण बढेसंगै मोरंङमा मकै खेतीको क्षेत्रफल समेत विस्तार हुन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा हिउँदे मकै ५ हजार तथा बर्खे मकै १६ हजार हेक्टरमा लगाउने गरेको कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले बताए । गएको वर्ष जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाइएको थियो ।
 
एक विघामा हिउँदे मकै लगाउदा सबैखर्च कटाएर एकलाख रुपैँयासम्म आम्दानी हुने गरेको किसानहरु बताउछन् । एक विघामा १० टनसम्म मकै उत्तपादन हुने गरेको छ । हिउँदे मकै पोलेर विक्रि गर्दासमेत राम्रो आम्दानी लिन सकिने भएकाले  हिउँदे मकैप्रती किसानको आकर्षण बढेको हो ।
 
यो वर्ष आफुले एक कठ्ठामा १३ मन मकै फलाएको रंगेलीका किसान लक्ष्मी मण्डलले बताए । सिँचाई सुविधा भए थप उत्तपादन गर्न सकिने उनको भनाई छ । मोरंङको बुधनगर, भातिगछ, मझारे, राजघाट, सिसवनी जहदा, इटहरा लगायतका गाउ विकास समितिहरुमा बढी हिउँदे मकै लगाइन्छ ।  कार्तिक र मंसिर महिनामा किसानहरुले हिउँदे मकै लगाउने  गर्दछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ