arrow

नेपाली जनसम्पर्क समिति दक्षिण भारतद्वारा एक लाखको कोरोना राहत तथा उद्दार कोष स्थापना

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
corona-virus-awareness.jpg

कैलाली । नेपाली जनसम्पर्क समिति दक्षिण भारतले राहत तथा उद्दार कोष स्थापना गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट प्रभावित नागरिकको राहत र उद्दारका लागि कोष स्थापना गरेको जनाएको छ ।

नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्र अन्तर्गत बेंगलोरले क्षेत्रीय उपाध्यक्ष गगन अधिकारीको संयोजकत्वमा ८ सदस्यीय उद्दार समिति गठन गरिएको हो । 

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न समितिले कर्नाटक राज्यको बेंगलोर भरिमा बसोबास गर्ने नेपाली नागरिकका लागि लक्षित गरि समस्या समाधान गर्ने उद्देश्यले १ लाख रकमको राहत तथा उद्दारकोष स्थापना गरेको छ । 

नेपाली जनसम्पर्क समिति दक्षिण भारतका महासचिव विमलराज बिष्टले बेंगलोर भरिका कुनैपनि नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई खाने, बस्ने र उपचार समेतको आधारभूत सुविधाबाट बन्चित हुन नपरोस् उद्देशका साथ राहतकोष स्थापना गरिएको बताए । 

समितिले बिहीबार एक अपिलमार्फत मारथहल्ली एरियामा माधवराज खडायत, बेल्लन्दुर, भार्तुर एरियामा दिवश शाही, वानसबाडी, नागरभावी एरियामा विजय बिष्ट, कुम्बलगोडू, मैसुररोड एरियामा जयबहादुर ठगुन्ना, बमसंद्रा, केआरपुरम एरियामा गगन अधिकारी, जिम्मेवारी दिइएको छ । 

त्यस्तै शान्ति नगर, अल्फा गार्डन एरियामा धनबहादुर गुरुधामी, हेब्बाल, जेपी नगर, शिबाजी नगर एरियामा संजय शाह, कागदासपुरा, ईन्दिरानगर, कोडीहल्ली युबीसिटी, बसभा नगर, सीभी रामानगर एरियामा उदयसिंह बिष्टलाई जिम्मेवारी तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ