arrow

पोखरामा अलपत्र परेका पर्यटकहरुको हवाइमार्ग र स्थलमार्गबाट उद्दार

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
fewa-tal-pokhara.jpg

पोखरा। लकडाउनले पोखरामा अलपत्र पर्यटक एवम् पर्यटन आबद्ध मजदूरलाई  आज हवाइजहाज र पर्यटक बसबाट काठमाडौं लैजाने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज श्री एयरलाइन्स र बसबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइएको जानकारी दिए । 

उनले शुक्रबार ५८  विदेशी पर्यटक चार्टर जहाजबाट काठमाडौँ गएको र त्यसअघि फ्रान्सेली दूतावासले ५९ जना आफ्ना नागरिकलाई बुद्ध एयर चार्टर गरेर काठमाडौं लगेको बताए । आज श्री एयरलाइन्सले करीब १ सय ५० जना जतिलाई काठमाडौं लाने  उनले जानकारी दिए । उनले भने “श्रीका दुई वटा जहाजमा आज पर्यटकलाई काठमाडौँ लगिँदै छ, त्यसैगरी जहाजमा व्यवस्थापन हुन नसकेका, विभिन्न स्थानमा पदयात्रामा रहेर समयमै सम्पर्कमा आउन नसकेका र अन्य पर्यटकलाई पर्यटक बसबाट लैजाने व्यवस्था गरिएको छ ।”  

कार्कीका अनुसार पोखरामा करीब दुई सय जति विदेशी पर्यटक  छन् ।   ट्रेकिङ्ग एजेन्सिज एशोसियशन पश्चिमाञ्चलका (टान)  अध्यक्ष हरि भुजेलले पर्यटक र पर्यटन सम्बद्ध मजदूरलाई लेकसाइडको बाराहीचोकमा बिहान ११ बजे जम्मा हुन विभिन्न सामाजिक सञ्जाल र सम्बन्धित क्षेत्रबाट आह्वान गरिएको बताए । भुजेलले भन्नुभयो “अहिले १० -१५ जना सम्पर्कमा आउनुभएको छ । हामीलाई प्राप्त जानकारीअनुसार आज बसबाट काठमाडौं जाने करीब ६०-७० जना पर्यटक गाइड र पोटर्र हुनुहुन्छ । ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ