arrow

गोरखामा विदेशबाट फर्किएका ३७ जना सेल्फ क्वारेन्टाइनमा

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
gorkha_district_map.png

गोरखा। जिल्लाको शहिद लखन गाउँपालिकामा विदेशबाट फर्किएका ३७ जनालार्ई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड—१९० को सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाले वडा कार्यालयमार्फत विदेशबाट आएका सबैको तथ्याङक सङ्कलन गरी उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।

गाउँपालिकामा विदेशबाट फकिएकामध्ये अधिकांश भारतबाट आएका रहेका छन् । “कोरोना भाइरस फैलिएको देशबाट आएकाहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने उच्च जोखिम हुने भएकाले उनीहरुको तथ्याङ्क सङ्कलनको गरी सबैलाई घरमा सेल्फ क्वारेन्टाइनमा राखिएको छ”, उनले भने । यस पालिकाभित्र विदेशबाट आएका ३७ मध्ये धेरैजसो २० दिनभन्दा बढी भइसकेको बताइएको छ ।

गाउँपालिकाले गएको एक महिनाभित्र विदेशबाट आएका सबैको तथ्याङक सङ्कलन गरेको उहाँले बताउनुभयो । केही व्यक्ति भारतबाहेक मलेसिया, साउदी अरव, फ्रान्स, न्युजिल्याण्डलगायतका देशबाट फर्किएका छन्”, अध्यक्ष थापामगरले भने, “उहाँहरुलाई परिवार समेत सुरक्षित हुने गरि बस्न भनेका छौँ ।” स्वास्थ्यमा समस्या आएमा तत्काल स्वास्थ्यकर्मीलाई खबर गर्न समेत आग्रह गरिएको  उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ