arrow

कोरोनाको कहर र राज्यको दायित्व

logo
मनोज लामिछाने,
प्रकाशित २०७६ चैत १५ शनिबार
corona-virus-medical.jpg

आज बिश्वका हरेक मानिसको ध्यान कोरोना भाइरसबाट कसरी आफु सुरक्षित हुने र संसारका सबै मानिसहरु कसरी सुरक्षित हुन्छन भन्नेतिर केन्द्रीत छ। अहिलेको भयाबह परिस्थितिमा नेपाल जस्तो विकासोन्मुख देशका लागि यो कोरोना ठूलो चुनौतिको बिषय हो। यो विषम परिस्थितिमा नेपालीले संयम अपनाउने र राज्यले बनाएका नीति नियमहरुलाई पालना गर्नुभन्दा अर्को विकल्प छैन। यसका लागि सबै नेपालीहरु राज्यले बनाएका नीति नियमहरुप्रति सचेत हुन् आबश्यक छ। विश्वका १९७ भन्दा बढी देशमा यसले आफ्नो उपस्थिति जनाई सकेको छ। बिश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघिसकेको छ भने यस रोगले बिश्वमा २७बढीको ज्यान लिईसकेको छ। हालसम्म ईटालीमा ९ हजार बढी स्पेनमा ५१ सय बढी फ्रान्समा करिब २ हजार अमेरिकामा १६ सय ईरानमा २३ सय भन्दा बढी मानिसहरु कोरोनाको कारण जीवन गुमाइसकेका छन्। अन्य मुलुकहरुमा यो रोगबाट संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ भने एकै दिन पछिल्लो समयमा करिब ६५ हजार जना संक्रमित भएका छन्। बिदेशमा बसेका नेपालीहरुलाई पनि कोरोनाको संक्रमण देखिदै गइरहेको छ।

दक्षिण एसियाली मुलुकहरु पनि यो रोगबाट अछुतो रहन सकेको छैन। छिमेकी मुलुक भारतमा करिव हजार संक्रमित छन् भने २० जनाको मृत्यु भैसकेको छ। नेपाललमा ५ जनामा संक्रमित देखिएको छ। पाकिस्तानमा १२ सय बढी संक्रमित छन् भने ९ जनाको मृत्यु भैसकेको छ। बिश्वका अति सम्पन्न मुलुकलाई हम्मे हम्मे पारेको यो रोगले नेपालमा यसको बाक्लो उपस्थिति भयो भने के होला यो नेपालको लागि चिन्ताको बिषय हो। खुल्ला नाका, बैदेशिक रोजगारबाट धानेको मुलुक,अपर्याप्त श्रोत र साधन,पर्याप्त चिकित्सकहरुको अभाब,भौगोलिक विकटताका कारण चाहेर पनि सबै ठाउँमा राज्यको समान उपस्थिति सम्भब छैन। नेपालमा ७२५ जनामा परीक्षण गरिएकोमा ५ जनामा मात्र संक्रमण देखियो भनेर ढुक्क हुने अवस्था छैन। वास्तविक सङ्ख्या अझै धेरै हुन सक्छ किनकी नेपालसंग कोरोना भाइरसको परीक्षण गर्ने चुस्त र दुरुस्त प्रणाली छैन। यसकारण पनि नेपालीहरु ढुक्क हुने अवस्था छैन। यसको लागि नेपालीहरु आफै जागरुक हुनुपर्ने अहिलेको खाचो छ।अहिले विश्वमा फैलिएको कोरोना भाइरसको कहरले श्रमजीबी जनता दुईखाले चपेटामा परिरहेका छन्। एकातिर कोरोना भाइरसबाट कसरि आफ्नो र आफ्नो परिवारको ज्यान जोगाउने भन्ने चिन्ता छ भने अर्कोतिर दैनिक जोहो कसरि गर्ने भन्ने चुनौती छ। अहिले देश लकडाउनमा छ। लकडाउन थप हुन् सक्छ। हुनु पनि पर्छ। कोरोना भाइरसलाई निर्मुल पार्ने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन। यसको महामारी दिन प्रतिदिन बढ्दै गरिब नेपाली जनताको घरमा भएको दैनिक उपभोगका बस्तुहरुको अभाब बददैछ। नेपाली श्रमजीबी जनतारु मानसिक चपेटामा पर्न थालिसकेका छन्। यसको उदाहरणका लागि नाम सार्बजनिक नगर्ने शर्तमा एक गैर सरकारी सस्थामा कार्यरत कर्मचारीको भनाईलाई लिन सकिन्छ। उनको भनाईमा, अहिले बिश्व कोरोना भाइरसको चपेटामा छ। सबैलाई ज्यान कसरि जोगाउने भन्ने चिन्ता छ तर हाम्रा हाकिम साहेबहरु फिल्डमा के के काम भएको छ रिपोर्ट गर भन्नुहुन्छ। उनको यो भनाई जति सरल छ त्यति नै मार्मिक पनि छ।  यो अति नै सम्बेदनशील र मानबिय संवेदनासंग जोडिएको बिषय हो । उनि एक पात्र मात्र हुनसक्छन्। यसतर्फ सबैको ध्यानाकर्षण हुन् आबश्यक छ। ज्यान भन्दा ठुलो अरु केहि हुन्न। यो अबस्थामा सबैको सहयोग र समझदारीको खाचो छ।

कोरोनाको कहरले संसारलाई गलाइरहेको अबस्थामा नेपाल सरकारले विभिन्न पहलहरु गरिरहेको छ। नेपाल सरकारले गरेका हालसम्मका प्रयासहरु अपर्याप्त छ। स‌ङ्घ, प्रदेश, स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने अत्यावश्यक बाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गर्नु, सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले नियमित काम गर्न लगाउनु, नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू चैत्र ९ देखि १८ गतेसम्मका लागि बन्द गर्नु, सीमानाका आवगमन बन्द गर्नु, सबै लामो दूरीका यात्रुवाहक बसलाई चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाउनु, मुलुक बाहिर रहेका नेपालीलाई स्वदेश फर्कन सरकारले तत्कालका लागि रोक लगाउनु, कोरोनाभाइरससँग लड़नका लागि भारतको अग्रसरतामा सार्क देशका नेताहरूको भिडिओ कन्फ्रेन्स पछि घोषणा गरिएको कोषमा नेपालले १० करोड रुपैयाँ योगदान दिनु, विभिन्न स्थानमा आइसोलेसनको व्यवस्था गर्नु, कोरोना भाईरसबाट बच्ने उपायहरुका साथै यसका लक्ष्यणहरुबारे संदेशहरु सम्प्रेषण गरिरहनु नेपाल सरकारले गरेको केहि सकारात्मक पक्ष्य हुन् सक्ला। तर कोरोनाको नियन्त्रणका लागि सरकारको ठोस योजना छैन। घरमा आगो लागेपछि दमकल कहाँ छ भनेर खोज्ने बानि छ। यसको तितो अनुभब नेपालमा पछिलो समय आएको विनासकारी भूकम्पलाई लिन सकिन्छ।
 
देश अहिले लकडाउनमा छ। राज्यले कोरोनाको विरुद्ध चालेका यी कदमहरु मात्र पर्याप्त छैनन। लकडाउनको अवस्थामा नेपालीहरु लकडाउन भनेको कस्तो हुदो रहेछ भनेर सडकमा लकडाउन भएको हेर्न निस्कने हामीहरुको मानसिकतामा परिबर्तन गर्नु राज्यको लागि त्यति सजिलो छैन। विश्वको अर्थतन्त्रमा कोरोनासले ठुलो असर पारिरहेको अबस्थामा परनिर्भर देश, गरिब जनता, अशिक्षित समाजका कारण यसको असर नेपाल जस्तो गरिब मुलुकमा अझ बढी पर्दछ। यसका लागि सर्बप्रथम नेपालमा भएका चिकित्सकहरुहरुको मनोबल बढाउने खालका योजनाहरु तत्काल ल्याउनु पर्छ। उनीहरुका लागि चाहिने सुरक्षाका साधन र श्रोतहरुको तत्काल ब्यबस्था गर्नुपर्छ। अहिले देशमा भएका ठुला अस्पतालहरुमा तुरुन्त किटको ब्यबस्था गर्नुपर्छ र कोरोना भाईरसको जाँच शुरु गरिहाल्नु पर्छ। दैनिक ज्याला मजदुरी गरि पेट पाल्नु पर्ने नेपालीहरुको दैनिकी चलाउनका लागि तत्काल सरकारले पहल गर्नुपर्ने देखिन्छ। देशमा काला बजारियाहरुले मौका छोपिरहेका छन्। दैनिक उपभोग्य बस्तुहरुको अभाब देखिएको छ यसका लागि निगरानीमा जोड दिई काला बजारियाहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्दछ। देशमा बिकास बजेट योजना अनुसार खर्च नभएको अबस्थामा यो बजेटलाई दैनिक ज्याला मजदुरी गरि पेट पाल्नुपर्ने नेपालीहरुको दैनिकी चलाउनका लागि खर्च गर्नुपर्छ। अहिले राज्यको पहिलो दायित्व भनेको जनताको ज्यानको सुरक्षा हो। राज्यले लकडाउन गरि सकेपछिको अबस्थामा समस्यामा परेका जनताको तुरुन्त उद्धार गरि उनीहरुलाई उनीहरुको बासस्थानमा पठाउने देखि पठाउनका लागि आबस्यक रकमको ब्यबस्था पनि तुरुन्त गर्नु पर्नेछ। बिश्वमा कोरोनाको महामारी अबस्थामा नेपालमा लकडाउनको समयलाई अझ थप गर्दा उपयुक्त हुन्छ। ियसका लागि सबै राजनीतिक दल, गैर सरकारी निकायहरु, सरोकारवालाहरुको ऐक्यबद्धताको जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ