arrow

श्रमिकलाई राहत प्याकेज देउ : ट्रेड युनियन कांग्रेस

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
ntuclogo.jpg

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले दैनिक ज्यालादारी अनौपचारिक क्षेत्रका श्रमिकलाई खाद्यान्न सहितको राहत प्याकेज ल्याउन सरकार समक्ष माग गरेका छन्।युनियनले शुक्रबार प्रेस विज्ञप्तिमार्फत हुनेखाने वर्गलाई जति नै दिन लकडाउन भए पनि फरक नपर्ला तर दैनिक ज्यालादारी अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई बिहान बेलुकी छाक टार्न समेत गाह्रो भईसकेकोले तत्काल राहत प्याकेज उपलब्ध गर्न सरकारलाई माग गरेको हो।

यसैगरी महासचिव योगेन्द्र कुवरद्दारा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा भनिएको छ,- कोरोना भाईरस बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी व्यक्तिगत सुरक्षा सामाग्री(पिपिई) व्यवस्था हुनु पर्ने, अनौपचारिक एवं स्वरोजगार क्षेत्रका श्रमिक र व्यवसायीहरुलाई घरभाडा,कर छुट र व्याज मिनाहा हुनु पर्ने, अत्यावश्यक बाहेकका कतिपय उद्योगहरु अझै  संचालन मै रहेकोले तत्काल लकडाउन गरि सम्भावित कोरोना संक्रामित हुनबाट रोक्नु पर्ने र वैदेशिक रोजगारीमा रहेका कामदारहरुको कोरोना भाईरसबाट बचाउन र उद्दार गर्नु पर्ने भए सम्बन्धित देशको दूतावासमार्फत तत्काल कुटनितिक पहल गर्न माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ