arrow

बिपन्न समूदायको खोजी गरि वडा कार्यालयबाट खाद्यान्न बितरण 

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
dang-corona-victim.jpg

दाङ। चैत ११ गतेदेखि लकडाउन (एकान्त बसाई) को सबैभन्दा बढी मारमा परेका निम्न आए भएका नागरिकलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ कार्यालयले खाद्यान्न बितरण गरेको छ। बिहान बेलुकीको खानपीनको जोह गर्न श्रम गर्नुपर्ने नागरिकको वडामा पहिचान गरि १० किलो चामल, ५ किलो पिठो,२ किलो दाल,१ किलो स्वाईबिन,१लिटर खाने तेल र १ पोका नुन बितरण गरिएको वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले जानकारी दिए।

कोरोना भाईरस संक्रमणबाट बँच्न र बचाउँन सर्तकता अपनाउदै सरकारले चैत ११ गतेदेखि आगामी १८ गते सम्म आह्वान गरेको लक डाउनबाट सबैभन्दा बढि दैनिक गुजारा चलाउन श्रम गर्ने नागरिक मर्कामा परेका छन्। ४-५ दिन जसोतसो गुजारा चलाएका अत्यन्त बिपन्न समूदायले अव भने नसक्ने अबस्था बुझिएकाले खाद्यन्न बितरण शुरु गरिएको शाहले बताए।

तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्र वडा नम्वर ५ मा छ भने बिपन्न,दलित,जनजाति समूदायको बस्ती पनि पातुखालो र आसपासमा घना भएकाले ठुलो संख्यामा बसेका बिपन्न समूुदायको पहिचानमा जुटेको उनले बताए। टोलबिकास समितिको सहयोगमा वडा नम्वर ५मा झण्डै ५ सय बढी बिपन्न समूदायका नागरिकको पहिचान गरिएको छ।

ती मध्ये अत्यन्त कम्जोर वर्ग, सहाराबिहीन, बृद्धबृद्धा,दलीत, जनजाति समूदायलाई पहिलो प्राथमिकतामा राखि १ सय २० जनालाई शनिबार दैनिक उपभोग्य बस्तु(खाद्यन्न) बितरण गरिएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए।

तुलसीपुरका ब्यबसायि अब्दुल हमिद खाँले उपलब्ध गराएको खाद्यन्न १ सय २० जनालाई बितरण गरिएको श्रेष्ठले बताए। अनिकाल र संकटका बखत खाद्यन्न बितरण गरेर आफुहरुलाई बाँच्ने आशा बढाएको भन्दै उनीहरु खुशी भएका छन्।

वडा कार्यालयबाट वडा नम्वर ५ ले बाँकी बिपन्न समूदायका नागरिकहरुलाई पनि खाद्यन्न बितरणका लागि अन्य सहयोगी दाताहरुलाई आह्वान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ