arrow

विदेशबाट आएका चार सय क्वारेन्टाइनमा

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७६ चैत १६ आइतबार
Syangja_District.png

स्याङ्जा । विभिन्न मुलुकबाट स्याङ्जा आएका व्याक्तिहरुलाई क्वरेन्टाईनमा राख्ने क्रम बढ्दो छ । विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण बढ्न र देखिन थालेपछि नेपालले पनि उच्च सर्तकता अपनाउन मुलुकलाई एक साता लकडाउन घोषणा गरेको छ । 
मुलुकमा लकडाउन घोषणा गरेपछि बाहिरी मुलुकबाट आउने व्याक्तिलाई क्वारेन्टाईनमा राख्ने निर्णय भएअनुसार स्याङ्जाले पनि ३ तहमा विभाजित गरी क्वारेन्टाईनमा राखेको छ । 

तिनतहमा विभाजित क्वारेन्टाईनमा राखिए अनुसार स्याङ्याजामा अहिले सम्म ३९८ जना क्वारेन्टाईनमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार स्याङ्जामा अहिले सम्म होम क्वारेन्टाईनमा ३ सय ७०, क्वारेन्टाईनमा २७ र सेल्फ क्वारेन्टाईनमा १ जना रहेका छन् ।

क्वारेन्टाईनमा रहेका सबै मानिसहरु विभिन्न मुलुकबाट आएका हुन् जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नविन कृष्ण भण्डारीले भने, “बाहिरबाट आउने संख्या अझै बढ्दोक्रममा रहेकाले अन्यको खोजीमा जुटीरहेका छौं ।” 

बाहिरबाट आउने व्याक्तिले इमान्दारीता देखाएमा स्याङ्जा उच्च जोखिमबाट जोगिन मद्धत पुग्ने थियो उनले भने । जिल्लाका ९७ वडा अध्यक्षहरु मार्फत बारिबाट आउने खोजी र ध्यान दिन हामीले आग्रह गरेका छौ प्रवक्ता भण्डारीले हाम्राकुरालाई भने । 

स्याङलाई कोरोना संक्रमणबाट रोक्न नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन, जिल्ला समन्वय, राजनीतिकदल, युवाक्लव, सामाजिक संघसंस्था लगायतहरु रणनीतिक योजना बनाइर अगाडी बढेका छन् । यस्तो माहामारीमा कसैले राजनीति गर्नुहुदैन भन्दै सबै नागरिकहरु सरकारले गरेको निर्णयलाई कार्यन्वयन गर्न सघाईदिन वालिङ नगर उपप्रमुख कल्पना तिवारीले आग्रह गरेकी छन् । 

सरकारले गरेको लकडाउनलाई उलंघन गर्ने व्याक्तिहरुलाई प्रहरीले सम्झाउने काम गर्दै आएको प्रवक्ता भण्डारीले बताए । सम्झाउदा पनि अटेर गर्नेहरुलाई क्वारेन्टाईनमा सम्म राख्ने चेतावनी प्रहरीले दिदै आएको छ । अहिले सम्म प्रहरीले लकडाउन अटेर गरेर सवारी साधन चलाउनेको सवारी नियन्त्रणमा समेत लिने काम गरेको छ । 

१गते देखि १५ गते सम्म प्रहरीले विभिन्न सवारी साधन गरी १ सय ४ ओटा नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका मध्ये सबै भन्दा बढी मोटरसाईकल रहेका छन् । अहिले सम्म जिल्लाका सबैतहहरु सुनसान रहेका छन् । 

शहर भन्दा बढी जोखिम ग्रामिण क्षेत्र हुन सक्छ भन्दै सबै निकाय ग्रामिण क्षेत्रका जनतालाई सचेतना गराउने रणनीति अख्तियार गर्न लागेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ