arrow

दुई निर्माण व्यवसायीको प्रयासमा नगरमा 'स्प्रे' गरियो

logo
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ चैत १६ आइतबार
anti-virus-bardya.jpg

बर्दिया (गुलरिया)। विश्वव्यापी रूपमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण प्रयासका लागि दुई निर्माण व्यवसायीको उदाहरणीय कार्य गरेका छन।

विपद्को यो समयमा बढि जोखिम देखिएको बिभिन्न स्थानहरुमा धेरै किसिमका भाइरसहरुलाई नसर्न दिने प्रयासमा निर्माण व्यवसायी भेषराज पौडेल (भरत) को नेतृत्वमा अशोक यादव समेत मिलेर बिभिन्न स्थानमा क्याल्सियम हाईपोक्लोराईडलाई पानिमा मिसाएर (एन्टी भाइरल) छर्किन सहयोग गरेका छन्।

सामाजिक दायित्व समाजमा हाम्रो पनि रहेकोले केहि सहयोग गर्ने प्रयासमा साथ एन्टी भाइरल स्प्रे छर्किएको समाजसेवी एवं निर्माण व्यावसायी भरतले बताए। हाल बजार क्षेत्र, खाद्यान्न सामाग्री बिक्री वितरण हुने स्थान, आवासिय क्षेत्र, स्वास्थ्य क्षेत्र र सुरक्षाकर्मी बस्ने स्थानहरुमा स्प्रे गरिएको भरतले जानकारी दिए।

आज एक प्रयास हामी दुई मिलेर गरेका छौं र सम्बन्धित निकायले हामीलाई यस्ता किसिमका अन्य सेवा गर्न माग भएको खण्डमा अन्य सामाजिक सहयोग गर्ने समेत अर्का निर्माण व्यवसायी अशोक यादवले बताए।

एन्टी भाइरस छर्किने कार्य गरेको अन्य स्थानका स्थानीय जानकारी पाए पछि धेरैले हाम्रो गाउँ तिर समेत एन्टी भाइरल छर्किदिन अनुरोध गरेको यादवले भने। सक्दो हामीले धेरै स्थान भन्दा पनि धेरै जोखिम देखिएको स्थानमा गएर एन्टी भाइरल छर्किने यादवले जानकारी दिए।

क्याल्सियम हाईपोक्लोराईड लाई पानिमा मिसाएर(एन्टी भाइरल) छर्किए पछि बिभिन्न भाइरस संक्रमणको सम्भावना कम हुने गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए।

कोरोना भाइरसको सङ्क्रमणको यो समयमा यस्तो किसिमको कार्य उदाहरणीय रहेको स्थानीय जगदिश अधिकारीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ