arrow

फिदिम नगरपालिकाले कीटाणु मार्न विलिपिङ पाउडर छर्कियो

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
panchthar-district1.png

पाँचथर। काटीणु मार्नको निम्ति भन्दै पाँचथरको फिदिम नगरपालिकाले शनिबारबाट बिलिपिङ पाउडर छर्किएको छ।विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ कोराना भाईरसको सतर्कताको निम्ति भन्दै बिलिपिङ पाउडर छर्किएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले बताए।

उनका अनुसार बिलिपिङ पाउडर अस्पताल, क्वारेन्टाईन निर्माण भएका स्थलहरु, भिडभाड हुने तथा फोहोर क्षेत्रफलमा छर्किएको हो। आवश्यकता अनुसार पाउडर छर्किने उनको भनाई छ।

यस पाउडरले भाईरसको कीटाणु मार्न सहयोग पुग्ने उद्धेश्यले पाउडर छर्किएको अधिकृत अधिकारीले बताए। फिदिम ४ का वडा अध्यक्ष प्रकाश गुरुङले आफैँ नगरको गाडी चलाएर बजार क्षेत्रमा बिलिपिङ पाउडर वितरण गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ